अनेमसंघ (क्रान्तिकारी) सिमकोट पालिकाको भेला सम्पन्न: अध्यक्षमा शिवकली रावत चयन

चैत २८,२०८१
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सम्बद्घ अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सिमकोट गाउँपालिका तेस्रो सम्मेलन सम्पन्न भयो । सिमकोट बजारमा शोनि होटलस्थित भएको भेलामा सिमकोट सबै वडाबाट महिलाहरुको उपस्थिति रहेको थियो ।
सिमकोट गाउँपालिका तेस्रो सम्मेलनबाट शिवकली रोकायाको अध्यक्षमा ३६ सदस्यीय कार्यसमिति निर्माण भएको हो । उपाध्यक्षमा चाँदानी सुनुवार,सम्पा रावत,चिन रावत, सचिव राजमती भण्डारी,सह–सचिव अम्रता बोहरा, कोषाध्यक्ष पेमा विक,सदस्यहरुमा शोबनकली भण्डारी र लक्षु भण्डारी लगायतका सदस्यहरु चयन गरेका छन् ।
अध्यक्ष दानबोहराको अध्यक्षमा,उक्त कार्यक्रममा प्रमुख अतिथीमा नेकपा केन्द्रीय सदस्य सुस्मीता शाही रहनु भएको थियो । अतिथीमा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य तथा सिमकोट गाउँपालिका इन्चार्ज जसबहादुर भण्डारी,माओवादी केन्द्र ताँजाकोट गाउँपालिका कमिटी अध्यक्ष मदन परियार,सर्केगाड गाउँकमिटि अध्यक्ष छपी थापा,सिमकोट गाउँकमिटि अध्यक्ष प्रकाश रावत,महिला संघ (क्रान्तिकारी)कर्णाली प्रदेश सदस्य तथा महिला संघ (क्रान्तिकार) प्रदेशका कोषाध्यक्ष केन्द्रीय हुम्ला जिल्ला अध्यक्ष कुसुम बोहरा लगायत रहनु भएको थियो ।
तेस्रो सम्मेलन उद्धघाटन समारोहमा (माओवादी केन्द्र) काकेन्द्रीय सदस्य शिता शाही सुस्मीताले भेलालाई संबोधन गर्दै बैज्ञानिक समाजवाद प्राप्त नभएसम्म,वर्गमुक्ति नभएसम्म महिला मुक्ति सम्भव छैन त्यसको लागि महिला हक अधिकार प्राप्तिको लागि दश वर्षे जनयुद्ध र जनआन्दोलनबाट प्राप्ति उपलब्धिको रक्षा गर्दै क्रान्तिको बाँकी कार्यभार पुरा गर्न सशक्त रुपमा लाग्नु पर्ने बताउनु भयो । वर्गीय,जातीय, महिला, दलित सम्पूर्ण मुक्तिका लागि समाजवादी आन्दोलनमा लामबद्ध हुन अबको चयन हुने महिला समितिले सशक्त भूमिका खेल्न सकोस त्यसमा सिंगो सिंगो पार्टीको साथ, सहयोग र समर्थन रहने बताउँदै नयाँ बन्ने केन्द्रीय समितिलाई बधाई दिनु भयो ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को तेस्रो भेलालाई शुभकामना मन्तव्य राख्ने क्रममा नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश सदस्य तथा सिमकोट गाउँपालिका इन्चार्ज जस बहादुर भण्डारीले महिला अधिकार प्राप्तिका लागि महिलाले नै अहम भूमिका खेल्दै सशक्त रुपमा उठ्नु पर्ने आजको आवश्यकता रहेकोमा जोड दिनु भयो ।
मन्तव्यकै क्रममा कर्णाली प्रदेश सदस्य तथा कर्णाली प्रदेशका महिला संघ क्रान्तिकारी कोषाध्यक्ष अनिता बुमीले जनयुद्ध अगाडि भन्दा जनयुद्धमा र पछाडि महिला मुक्तिका आवाज सशक्त रुपमा उठेको र महिलाहरु सशक्त रुपमा क्रान्तिमा लामबद्ध रहेकोमा शान्ति प्रक्रियामा आएसँगै केही महिलालाई नेतृत्वमा ल्याएको बताउँदै गाउँपालिका समितिलाई बधाई तथा शुभकामना दिनु भयो ।
सिमकोट गाउँपालिका महिला संघ क्रान्तिकारी तेस्रो अधिवेशनलाई माओवादी केन्द्र ताँजाकोट गाउँपालिका कमिटि अध्यक्ष मदन परियार,सर्केगाड गाउँकमिटि अध्यक्ष छपी थापा,सिमकोट गाउँकमिटि अध्यक्ष प्रकाश रावत लगायतले क्रान्तिकारी महिला संघको तेस्रो भेला सफलताको कामना गर्दै नयाँ बन्ने पालिका समितिलाई शुभकामना व्यक्त गर्नु भयो ।