रोजगार उपभोक्ता समितिलाई अभिमुखीकरण तथा सुरक्षा सामाग्री वितरण

चैत २६,२०८१
सर्केगाड । हुम्लाको सर्केगाढ गाउँपालिकाले रोजगार उपभोक्ता समितिलाई अभिमुखीकरण तथा सुरक्षा सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको रोजगार शाखाले आज गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी अभिमुखीकरणका साथै रोजगार उपभोक्ता समितिलाई सुरक्षाका सामाग्रीहरु वितरण गरेको हो ।
अभिमुखिकरण कार्यक्रममा प्राथमिक उपचार सम्बन्धी जानकारी गराइएको छ । कार्यस्थलमा श्रमिकले काम गर्दै गर्दा चोटपटक लागेको खण्डमा प्राथमिक उपचार कसरी गर्ने भन्ने कुराहरु अभिमुखीकरण कार्यक्रममा जानकारी गराउनुभएका सर्केगाड पालिकाका रोजगार संयोजक हस्त बहादुर छत्याले जानकारी दिनुभएको छ । यसैगरी रोजगार उपभोक्ता समिति तथा श्रमिकहरुलाई आयोजना र भुक्तानी प्रक्रियाको बारेमा जानकारी गराईएको थियो ।
यस्तै समितिहरुलाई सुरक्षा सामाग्री अन्तर्गत हेल्मेट, ज्याकेट, बुट, चस्मा, पञ्जा, प्राथमिक उपचार बक्स लगाएतका औजारहरु वितरण गरिएको रोजगार संयोजक छत्याले जानकारी दिनुभएको छ । यी सुरक्षा सामाग्री औजारहरु सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकाया र उपाध्यक्ष देवकी देवकी रोकाया तिमिल्सीनाले हस्तान्त्रण गर्नुभएको हो ।
सर्केगाड गाउँपालिकाका अध्यक्ष रोकायको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिमिल्सीनाको उपस्थीती रहेको थियो । अभिमुखीकरण कार्यक्रममा प्रत्येक वडामा गठन गरिएका उपभोक्ता समितिबाट सहभागिता रहेको थिया