माओवादी केन्द्र नाम्खा पालिका कमिटि अध्यक्षमा लामा चयन

फिल्को मिसन

चैत २६ ,२०८१
हुम्ला । नेकपा (माओवादी केन्द्र) नाम्खा गाउँपालिकाको गाउँकमिटी अध्यक्षमा कुङ्गा ग्याल्जन लामा निर्वाचित भएका छन् । उक्त पार्टीको सम्पन्न दोस्रो अधिवेसनमा लोकतानित्रक अभ्यासबाट सर्वसहमतिमा लामा निर्वाचित भएका हुन् । यसैगरी, अधिवेसनबाट उपाध्यक्षमा हुमार लामा, सोनाम बहादुर लामा, छोइतार लामा ,सचिवमा ललित लामा,सह–सचिवमा छोइडेन लामा र कोषाध्यक्षमा रिन्जिन लामा निर्विरोध चयन हुनु भएको छ।
दोस्रो अधिवेशनबाट पार्टीको संगठनात्मक मजबुती र स्थानीय तहमा जनताको विश्वास मजबुत हुनु पर्ने बताएको छ । यस ऐतिहासिक अधिवेशनलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा बधाई तथा शुभकामाना व्यक्त गरेका छन । पालिका अधिवेशनबाट निर्विरोध निर्वाचित पदाधिकारीसहित ४५ सदस्यीय कमिटी सदस्यहरुलाई निर्वाचीत भएको नाम्खा गाउँपालिका इन्चाज तथा नाम्खा पालिका अध्यक्ष प्रेम बहादुर लामाले जानकारी दिनुभयो ।


मंगलबार भएको पालिका अधिवेशनको उद्घाटन माओवादी केन्द्रका केन्द्रीय सदस्य विरजन शाहीले गर्नुभएको थियो । त्यस्तै अधिवेशन उद्घाटनमा माओवादी केन्द्र कर्णाली प्रदेश सह–सचिव तथा ताजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसी, नाम्खा गाउँ कमिटी इन्चार्ज तथा गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामा र कर्णाली प्रदेश सल्लाहकार सदस्य नाम्ग्याल तामाङको नेतृत्वमा सर्वहमत सम्पन्न गरि अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस