सिटिजन्स बैंकद्धारा बहिरा संघ छात्रा बासलाई खाद्यन्न सहयोग

चैत २६,२०८१
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–४ दुल्ली स्थित बहिरा संघ नामक छात्रा बासलाई सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेड सर्केगाड शाखाले आवश्यक खाद्यान्न सहयोग गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड शाखाले आर्थिक वर्ष २०८१/०८२ को संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त बहिरा संघ छात्रा बासलाई सहयोग गरिएको हो ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।
यसै क्रममा विभिन्न किसिमका अपाङ्गता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे बहिरा संघले संचालन गरेको छात्रा बासका लाई आवश्यक खाद्यान्न सहयो गरिएको सिटिजन्स बैंक सर्केगाडका सुवास भण्डारीले बताए । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रु २५ हजार बराबर खर्च गर्न मिल्ने गरि १० बोरा चामाल सहयोग गरीकाएको गरिएको भण्डारीले बताउनुभयो ।
उक्त सहयोग खाद्यान्न सामग्री सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकाया र उपाध्यक्ष देवकी रोकाया तिमिल्सीनाले हस्तान्तरण गर्नुभएको थियो । उक्त छात्रा बासलाई एक कार्यक्रमको आयोजना गरी खाद्यान्न सहयोग गरिएको हो । यस्तै सहयोगले छात्रा बासलाई थप होसला मिल्नुका साथै सिटिजन्स बैंकलाई बहिरा संघ सर्केगाड छात्राबासका सञ्चालक धर्म फडेराले धन्यवाद समेत दिनुभएको थियो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।