नेपाल दलित मुक्तिमोर्चा हुम्लाको बैठक सिमकोटमा सम्पन्न

फिल्को मिसन

चैत्र २६, २०८१
हुम्ला । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्तिमोर्चा जिल्ला समन्वय समिति हुम्लाको दोस्रो पूर्ण बैठक मंगलबार भक्त स्मृति प्रतिष्ठान भवन सिमकोटमा सम्पन्न भएको छ ।
बैठक मोर्चाका जिल्ला संयोजक दलित विकाको अध्यक्षता, पार्टीका केन्द्रीय सदस्य तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य ,कर्णाली प्रदेश संसाद तथा पूर्व उर्जा तथा जलश्रोत मन्त्री रनसिह परियार, केन्द्रीय सदस्य सुस्मती शाही, जिल्ला संयोजक डा दीपेन्द्र रोकाया, नेपाल दलित मुक्तिमोचा केन्ख्रीय सदस्य मदन परियार,पार्टी सचिव धर्मराज बोहरा (विज्ञान) को विशेष आतिथ्यतामा मंगलबार सम्पन्न भएको हो ।


बैठकमा मोर्चाका जिल्ला संयोजक अध्यक्ष विकले बैठकले आगामी रणनीति तय गर्दै संगठन विस्तार र सशक्तीकरणका लागि विशेष योजना अघि बढाउने निर्णय गरेको बताएका हुन् ।
बैठक कार्यक्रममा मोर्चाको सांगठानिक तथा समसामयिक विषय र जिल्लाको पछिल्लो राजनिति, सामाजिक जस्ता विषयमा छलफल तथा रिपोर्टिङ गरिएको थियो ।
कार्यक्रममा रिपोर्टिङका क्रममा आएका कुराहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायतले दलित समुदाय प्रतिको हक अधिकार र अविभेद संविधानमा सुनिश्चित भएता व्यवहारमा विभेद केही हद सम्म भएको र यसलाई अन्त्य गर्नका लागि सांस्कृतिक, आर्थिक समृद्धि, सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिई जनता समक्ष जानूपर्ने बताएका छन् ।
त्यस्तै मोर्चाको दोस्रो बैठकले जिल्लाका ७ वटै पालिकामा पालिका स्तरीय संगठन तथा प्रशिक्षण कार्यक्रमलाई विस्तार गर्ने निर्णय गरि मिति समेत तय गरेको छ।

प्रतिक्रिया दिनुहोस