माओवादी केन्द्र सिमकोट गाउँपालिका कमिटीको अध्यक्षमा रावत निर्वाचित

फिल्को मिसन

चैत २६ ,२०८१
हुम्ला । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिमकोट गाउँपालिको अध्यक्षमा सर्वसम्मत प्रकाश रावत निर्वाचित हुनु भएको छ । सम्पन्न तेस्रो सिमकोट पालिका अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । जसमा उपाध्यक्षमा जोमन लामा,रिठु रावत,भक्त परियार,सचिवमा हिरा बादुर शाही, कोषाध्यक्षमा धनजित बोहरा (अशोक) र सह–सचिवमा रिक्जन लामा निवार्चित हुनुभएको छ ।
पार्टीका पूर्व अध्यक्ष ताक्लाजिम्केत लामा (मुस्कान)को अध्यक्षता र नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)कोे प्रमुख आतिथ्य सम्पन्न भएको छ।


नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको टिके प्रथा अन्त्य गर्दै सबैको साझा छलफल बाट पालिका कमिटि गठनको प्रक्रिया अपनाईए छ । तेस्रो अधिवेशन बाट पाँचजना अध्यक्षको उमेदारी बनेको आकाँक्षिकहरु साझा छलफलबाट सिमकोट गाउँपालिका कमिटी गठन गरिएको हो ।
सिमकोट गाउँकमिटीबाट ४० जना निर्वाचित भएका छन भने केही थप गर्ने गरी ५ सदसीय पहिलो वैठक बाट मनोनित गर्नेगरि निर्वाचन समितिका ताक्लाजिम्केत लामाले जानकारी दिनुभयो।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सिमकोट गाउँपालिका कमिटीको तेस्रो अधिवेशन गत चैत २४गते देखि २६ गते नयाँ कमिटि निर्माण भएको जिल्ला समन्वय समितिको हलमासम्पन्न भएको थियो। कार्यक्रमको सहजिकरण माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य तथा सिमकोट गाउँपालिका इन्चार्ज जस बहादुर भण्डारीले गर्नु भएको थियो।

 

प्रतिक्रिया दिनुहोस