माओवादी केन्द्र सिमकोट गाउँपालिकाको तेस्रो अधिवेशन उद्घाटन

चैत २४,२०८१ आइतबार
हुम्ला । नेकपा माओवादी केन्द्र सिमकोट गाउँपालिकाको तेस्रो अधिवेशन उद्घाटन भएको छ । आइतबार सिमकोट तल्लोबजारमा रहेको मानसरवर बहुमुखी क्याम्पसमा अधिवेशनको उद्घाटन भएको हो ।नेकपा माओवादी केन्द्र सिमकोट गाउँपालिकाका अध्यक्ष ताक्ला जिम्केत लामा मुस्कानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीकोे प्रमुख आतिथ्यता रहेको थियो । माओवादी केन्द्रका केन्द्रीय सदस्य विरजन शाही,र माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला क प्रदेशका मानिय तथा पूर्व जलश्रोत तथा उर्जा मन्त्रीको विशिष्ट आतिथ्यता रहेको थियोे । नेकपा माओवादी केन्द्र हुम्ला जिल्ला पार्टी सचिव धर्मराज बोहरा विज्ञान, लगायतको आतिथ्यता रहेको थियो।
नेकपा माओवादी केन्द्र सिमकोट गाउँपालिका उपाध्यक्ष जंग बोहराका स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गाउँपालिका स्तरीय तथा वडा स्तरीय कार्यकर्ता,नेकपा माओवादी केन्द्र निकट संगठनका जिम्मेवार पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले नेकपा माओवादी केन्द्र सिमकोट गाउँपालिकाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै, माओवादी केन्द्रको छ वटा गाउँपालिका अधिवेसन सम्पन्न भएको बाँकी सिमकोट र नाम्खा गाउँपालिका अधिवेशन हुन लागेको बताउनु भएको छ । नेकपा माओवादी केन्द्र गरिब,दुखी पिछडिएको वर्गको नेतृत्व गर्ने पार्टी भएको बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विरजन शाहीले अहिले नेपालका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार संचालन गरेको सरकार निराशामा परिणत भएको बताउनु भएको छ । अहिलेको सरकार आफूले विश्वास गरेको तर कामकारबाही हेर्दा आफ्नो बुझाई गलत साबित भएको बताउनु भएको छ ।
अहिलेको अवस्था बदल्न नेकपा माओवादी केन्द्रको महत्त्वपूर्ण भुमिका रहेको बताउदै, कर्णाली प्रदेशका सभासद तथा पूर्व जलश्रोत तथा उर्जा मन्त्री रनसिंह परियाले भने माओवादीले संघर्ष,बलिदान र योगदान नगरेको भए, आज महिला राष्ट्रपति,सभामुख, मन्त्री, सांसद कोहि नेता बन्न नसक्ने बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्र हुम्ला जिल्ला सचिव धर्मराज बोहरा विज्ञानले समाजवादको आधार तय गर्ने पार्टी नेकपा माओवादी केन्द्र भएको बताउनु भएको छ । नेकपा माओवादी केन्द्रको हिजोको राजतन्त्र,पञ्चायत फाल्न र गणतन्त्र ल्याउन महत्त्वपूर्ण भुमिका खेलेको पार्टी नेकपा माओवादी केन्द्र भएको बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्र अहिले सहि ठाउँमा भएकोले आम जनताको मनमा बस्न सफल भएको बताउनु भएको छ । सञ्चालन नेकपा माओवादी केन्द्र सिमकोट गाउँपालिका सदस्य विनोदन विकले गर्नु भएको थियो ।सिमकोट गाउँपालि कमिटी चयनको लागि सोमबार विहान ११ बजे शुरु हुने छ ।