थलहाल्नमा तरकारी बोकेको बोलेरो जीप दुर्घटना

चैत २४, २०८१
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका ५ थलहाल्नमा आइतबार हिवहान दुर्घटना भएको छ । नेपालगञ्जबाट सदरमुकाम सिमकोट तर्फ तरकारी र कुखुराको मासु लिएर आउदै गरेको बा ८ च ४७०० नम्बरको जीप बिहान दुर्घटना भएको हो । उक्त जिप सडकबाट २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
जुम्लाको गुठिचौर गाउँपालिका ४ बस्ने २५ बर्षिय करन बहादुर सार्कीले चलाएको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । सोही गाडी चालक र सहचालक सर्केगाड गाउँपालिका वडा नं.५ बस्ने राजन बुढा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । गाडी भने हल्का कुच्चिएको छ । सडक भन्दा गाडी तल खसेको भएपनि मानबिय क्षेती गाडी नभएको तरकारी समेत समान्य क्षेती भएको प्रहरी नायब उपरिक्षक शंकर पोख्रेलले बताए । घटना थप अनुसन्धानका लागि प्रहरीले चालक र सहचालक दुबैलाई नियन्त्रण लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।