सहिदको त्याग र बलिदानको उच्च सम्मान गरौँ : सचिव बोहरा

चैत २१,२०८१
हुम्ला । नेकपा माओवादी केन्द्र जिल्ला समन्वयसमितिका सचिव धर्मराज बोहरा (विज्ञान)ले देश र जनताका लागि आफ्नो जीवन अर्पण गर्ने सहिदको त्याग र बलिदानको उच्च सम्मान गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्र खार्पुनाथ गाउँपालिकालले आयोजना गरेको सहिद परिवार लाई सम्मान कार्याक्रमा पार्टी सचिव बोहराले शहिद परिवार लाई सम्ममान आयोजित कार्याक्रमा आफनो धारणा व्यक्त गरेका हुन् ।
शहिद सम्मान कार्यक्रमा बोल्दै उनले भने “हामीले आज प्राप्त गरेको स्वतन्त्रता र अधिकार सहिदको बलिदानीको प्रतिफल हो । उनीहरुको सङ्घर्ष, त्याग र बलिदानबाट मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुगेको छ ।”
सहिदको बलिदानले प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट मुलुकमा स्थायी शान्ति, सुशासन, न्यायपूर्ण समाज र समाजवादी लक्ष्यसहित समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनुले सहिदप्रति सच्चा सम्मान गर्नु पर्ने उनले बताए । विज्ञानले माओवादी केन्द्र पार्टीको संगठन बिस्तारमा शहिद परिवारको योगदान कदापी भुल्न नसकिने बताए ।
पार्टीका कर्णाली प्रदेश कमिटि सदस्य देवसिंह रोकाया (र्कतव्य)ले खार्पुनाथ पालिकामा माओवादीले शहिदको सम्मान गर्दै समृद्ध पालिकामा निर्माणको लागि लाग्नुपर्नेमा उनले जोड दिए । माओवादीले चलाएको दश बर्षे जनयुद्धमा स्व.शहिदहरको बाँकी सपना पूरा गर्न र शहीदकना काम गर्ने पार्टीले पहलकदमी थाल्नुपर्नेमा जोड दिएका थिए ।
अर्का प्रदेश कमिटिका सदस्य तथा गाउँपालिका उपाध्यक्ष ज्ञान बहादुर सिंह (भरत)ले पनि लोकतन्त्र गणतन्त्रको व्यबस्था रक्षाको लागि शहिदकोे अतुलनीय योगदान रहेको स्मरण गर्दै पार्टीले शहिदको रुपमा सम्मान गरिएको बताए । शहिद परिवार सम्मान कार्याक्रमा माओवादी केन्द्र खार्पुनाथ गाउँपालिका पालिका कमिटी अध्यक्ष झुल रावलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा माओवादी केन्द्रका गाउँपालिका सचिव गजेन्द्र रोकायाले कार्यक्रम संञ्चालन गरेका थिए । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाको लागि खार्पुनाथमा एक दर्जन शहिदहरुले महत्वपूर्ण योगदान पुराएको चर्चा गर्दै पार्टीले शहीदको रुपमा सम्मान कार्याक्रम आयोजना गरेका हो ।