शिक्षक आन्दोलनः सामुदायीक विद्यालय बन्द, विद्यार्थी पढ्नबाट बञ्चित

चैत २१,२०८१
हुम्ला । शिक्षकहरु आन्दोलनमा उत्रिएपछि हिजो देखि हुम्लाका सामुदायीक विद्यालय पूर्णरुपमा बन्द भएका छन् । यसबाट देशभरका दश हजार भन्दाबढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ ।
कार्यक्रमअन्तर्गत महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न दवाव दिने भन्दै सिमकोट गाउँपालिकाको अगाडि गएर नारा जुलुस गरिएको थियो ।सरकारमा सदनको हिँउदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन बिद्यालय बन्द गरि सदरमुकाम सिमकोट सबै शिक्षक केन्द्रीत भएर सडक आन्दोलन गरेका छन ।
सरकारले वार्ता बोलायो आन्दोलनरत शिक्षकलाई
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै वार्तामा आउन आग्रह गरेको हो।
मन्त्रालयले शिक्षा विधेयक प्रतिनिधिसभामा पेश भई छलफलको प्रकृयामा रहेकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै आएका छन । ‘विधेयक संसदमा पेस हुने, छलफल हुने र स्वीकृत हुने विधायकी प्रकृयाका सम्बन्धमा निश्चित कानुनी बन्दोबस्त रहेकाले सबैलाई जानकारी गराएको छ ।
शिक्षक ऐनबारेमा नेपाल सरकार तयार रहेकाले यसका लागि शिक्षक प्रतिनिधिहरूलाई मन्त्रालयमा बार्तामा आउन आग्रहका गर्दछौँ,’विज्ञप्तिमा उल्लेख गरिएको छ।नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका शिक्षकहरूले हिजोदेखि तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन गरिरहेको छ।