हुम्लामा एमालेको जागरणसभा,राजावादीहरुको अराजकताले सीमा नाघेको आरोप

भक्ताराज ऐडी

चैत १८,२०८१ सोमबार
हुम्ला । गणतन्त्रको पक्षमा नेकपा एमाले मकवानपुरले हुम्लामा प्रदर्शन गरेको छ । सोमबार हुम्लाको सदरमुकाम सिमकोट तल्लोबजार हुँदै बजार परिक्रममा र्याली निस्किएर सिमकोट माथिल्लो बजारमा रहेको कालिचोकमा कोणसभा गरिएको थियो । सभालाई संबोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य दल फडेराले राजावादीको आन्दोलनमा देखिएको अराजकतामा संलग्नहरुलाई कानून बमोजिम कारवाही गर्नुपर्ने बताए ।

उनले विभिन्न कालखण्डमा भएको परिवर्तनको स्वरुप झापा आन्दोलन,दश बर्षे जनयुद्ध,२०६२/०६३ सालमा संयक्त जनआन्दोलन र महान शहिदको वलिदानले ल्याएको गणतन्त्र व्यबस्था हो ।संसारमा एक नम्बरको नेपालको संविधान भएको ब्याख्या गदै यो संबिधान लिपीब्ध भएकोले प्रर्तिगमान राजसंस्था नेपालमा आउँछ भन्ने कसैलाई भरम नप्रार्न आग्र गरे । मरिसकेको राजसंस्था लाई अहिले आएर राजावादीहरुको राज आउँ देश बचाउँ छ भन्ने अराजकताले सीमा नाघेको बताए ।


कोण सभामा बोल्दै प्रर्तिगमानकारीहरुले अराजकता फैलाएको भन्दै जनतामा सुशासन र समृद्धिको सन्देश दिन जागरण मार्फत सचेत गराउनको लागि एमालेले गणतन्त्र पक्षमा लागेको एमाले नेता लोक बहादुर हमाले बताए ।


कोण सभामा बोल्ने वक्ताहरुमा कर्णाली प्रदेश कमिटिका सदस्य नवराज महतारा,जिल्ला पार्टी अध्यक्ष ज्ञामहुी बुमी,पार्टी सचिव तिर्थराज बोहरा,विद्यार्थी नेता तथा सर्केगाड बहुमुखी क्याम्पसका स्ववियुका अध्यक्ष जयराज सन्जयाल लगायतका वक्ताहरुले राजावादीको नाममा भएका हिंसा र जनधनको क्षति भएको भन्दै आक्रोश पोखका थिए । नेपालमा बढ्दो अराजकता,अस्थिरताका विरुद्ध लोकतन्त्र,शान्ति,सामाजिक सद्भाव, सुशासन,समृद्धि र विकासका लागि विधिको शासन पक्षमा रहेको बताए । सिमकोटबाजारमा ¥याली निकालेर एमाले कालिचोकमा नेता तथा कार्यकर्तासहित सभा आयोजना गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस