पत्रकार रजकको हत्यामा संलग्नलाई कारबाही माग गर्दै हुम्लामा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण

भक्तराज एृेडी

चैत्र १८ २०८१ सोमबार
हुम्ला । हुम्ला पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र पठाँउदै पत्रकार हत्यामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ हुम्ला शाखा मार्फत पत्रकारहरुले गृह मन्त्रालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पत्र पठाएर प्रेस स्वतन्त्रता गतिविधि विरुद्व गम्भिर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
गत चैत १५ गते पूर्व राजाका समर्थकहरुको प्रदर्शनमा रिपोर्टिङ गरिरहेकै स्थानमा आगो लगाएर हत्या गरेका पत्रकार सुरेश रजकको हत्या गम्भीर प्रकृतिको अपराध भएकाले दोशीलाई न्यायिक कारबाहि गर्नुपर्ने माग महासंघले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
हिंसात्मक आन्दोलनका क्रममा भिडियो खिच्नेक्रममा यभिन्युज टेलीभिजनका क्यामेरा प्रसन सुरेश रजकलाई आगो जलाएर मारेको, अन्नपुर्ण पोष्ट दैनिकको कार्यालयको भुइतलमा आगजनीसँगै तोडफोड गरेको, कान्तिपुर टेलीभिजनको कार्यालयमा तोडफोड गरी क्षेती पुर्याइएको, हिमालयन टेलीभिजनमा तोडफोड, पत्रकार दिनेश गौतम माथि आक्रमण गरी खुट्टा भाँचेको र पत्रकार निराज तामाङको क्यामरा हराएको थियो ।
नेपालमा सञ्चारकर्मी र सञ्चार माध्ययम माथि निशाना बनाई गरीएको हिंसात्मक आन्दोलनमा भएको पत्रकार हत्याको बिषयलाई सत्य तथ्य छानबिन गरी हत्यामा संलग्न सबैलाई भौजदारी अभियोग लगाई कानुनी दायरामा ल्याउनु पर्ने र उनका परिवारलाई क्षेती पुर्ति दिन जोडदार माग गरीएको महासंघ हुम्लाका अध्यक्ष राजन रावतले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ हुम्ला शाखामा जम्मा भएर गएका पत्रकारले जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्र बुझ्दै पाण्डेले पत्रकारका माग गृह मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिवद्वता जनाए।

प्रतिक्रिया दिनुहोस