ट्रकको ठक्करबाट हुम्लामा एक महिलाको मृत्यु

फिल्को मिसन

चैत १८,२०८१
हुम्ला । हुम्लाको सदरमुकामा सिमकोटबाट सर्केगाड जाँदै गरेको भे १ ख ३७३४ नम्बरको ट्रकले ठक्कर दिदा एकजना महिलाको मृत्यु भएको छ । सर्केगाड गाउँपालिका वडानं ४ दुल्ली गाउँकी ७२ बर्षीया नानीकला थापाको बिहान ११ बजे ज्यान गएको हो । बाँके जिल्ला कोहोलपुर नगरपालिका वडानं १२ सुन्दरपुर बस्ने २५ बर्षिय चालक दिनेश चाँदारा र ट्रकलाई प्रहरी चौंकी सर्केगाडले नियन्त्रणमा लिएको प्रहरी निरीक्ष सरोज कँडेले बताए ।
ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी थापाको केहि समय पछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुल्ली गाउँकी थापा सडकमा हिडर्दै गर्दा ट्रकले ठक्क दिँदा घटनस्थलमै उनको मृत्यु भएको हो । घटना लगतै ट्रक चलकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने स्थानीयबासीले उक्त सडक अबरोध गरेरको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्ष सकँडेले बताए
ट्रक चालकको लापरबाहीले थापालाई मारेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका गरेका छन । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ।्सर्केगाडतर्फ जाँदै गरेकोे मालवाहक ट्रक व्याक गर्देैगर्दा थापाको ट्रकले ठक्कर दिएपछि मृत्यु भएको प्रहरी जानकारी गराएको छ ।
ट्रकको ठक्करले घाइते भएकी थापालाई ठक्कर दिने ट्रकलाई पछाडि गरेर जानी जानी किचेर मारेको आरोप लगाउँदै आक्रोशित पीडितहरुले उठाउन नमानेको प्रहरीले जानकारी गराएको छ । दोषी चालकलाई हदैसम्मको कार्वाहिको माग राख्दै पीडित परिवार र स्थानीयले सडक अवरुद्ध पारेका थिए । घटनाबारे अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस