पत्रकार महासंघको स्थापना दिवस : बिरामीलाई हर्लिक्स वितरण

चैत्र १७, २०८१
हुम्ला । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा हर्लिक्स वितरण गरिएको छ । महासंघको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ हुम्लाले जिल्ला अस्पतालमा रहेका बिरामीलाई हर्लिक्स,अण्डा वितरण गरेको हो । पत्रकार महासंघ हुम्ला शाखाले जिल्ला अस्पतालमा उपचारार्थ रहेका बिरामीलाई हलिक्स वितरण गरेर स्थापना दिवस मनाएको महासंघ हुम्लाका उपध्यक्ष शुरेस परियारले जानकारी दिए ।
हरेक बर्ष चैत्र १६ गते पत्रकार महासंघले आफ्नो स्थापना दिवसको अवसरमा कार्याक्रम गरिनु पर्नेमा राजवादीको आन्दोलनमा रिर्पोटीङ्गको क्रममा पत्रकार सुरेश रजकको हत्या भएकोले हिजो देशै भरि संचारकर्मिहरुले कारबाहीको माग पत्रकार स्थापना दिवस स्थगीत भएको थियो ।
यो बर्ष हुम्ला शाखाले अस्पतालका बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै हलिक्स, अण्डा दिएर स्थापना दिवस मनाइएको शाखाका अध्यक्ष रावतले बताए । हुम्ला शाखाले अध्यक्ष राजन रावत,पूर्व अध्यक्ष अर्जुन बोहरा,कर्ण रोकाया, उपाध्यक्ष शुरेस परियार,जिल्ला अस्पतालका डा प्रतिक्ष्या भारती, पूर्व उपाध्य मिमिसिं नेपालीको नेतृत्वमा हलिक्स वितरण कार्य सम्पन्न गरिएको जनाएको छ ।राजवादीको आन्दोलनमा हत्या गरिका रजकको हत्या बारेमा कार्वाहीकाृ माग गर्दे हुम्लामा पनि संचारकर्मिहरुले विरोमा दायाँ हतामा कालो पटी बाँधेका छन ।