प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन सुरु

फिल्को मिसन

चैत्र १६, २०८१, शनिबार
काठमाडौ । प्रेस सेन्टर नेपालको पाचौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । शनिबार सुरु भएको महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेपका (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभयो ।
महाधिवेशनमा देशभरबाट ८ सय ५० जना पत्रकारहरु प्रतिनिधिको रुपमा सहभागी भएको प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन सुरु भएको प्रेस सेन्टरका महासचिव सन्तोष पौंडेलले बताए ।
आइतबार सम्मा चल्ने महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ५, महासचिव, उपमहासचिव ५, सचिव १५ र कोषाध्यक्षसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस