वडाअध्यक्ष पाण्डे द्धारा आधारभूत विद्यालयलाई ल्यापटप सहयोग

चैत ११,२०८१
हुम्ला । हुम्लाको अदनचुली गाउँपालिका –४ को वडा वडाध्यक्ष मनऋिष पाण्डेले सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयबाट माग भई आएका निवेदनका आधारमा ल्यापटप वितरण गरिएको हो ।
जनहित आधारभूत विद्यालयलाई प्रविधिमैत्री शिक्षण सिकाइका लागि र विद्यालयको दैनिक कार्यसंचालन गर्नको लागि आफनो व्यक्तिगत रुपमा ल्यापटप उपलब्ध गराइएको वडा अध्यक्ष मनऋिष पाण्डेले बताए । विद्यालयमा मात्रै नभई विद्यार्थीहरुको प्रयोगात्मक काममा विद्यालय बाहिर जाँदा पनि ल्यापटप लैजान सजिलो हुने भएकाले विद्यालयलको मागका अनुसार एक थान ल्यापटप हस्तान्तरण गरिएको उनको भनाइ छ ।