राजतन्त्र फर्कने दिवा सपना मात्रै हो । संवैधानिक हिसाबले भईसक्यो राज समाप्त : इन्चार्ज बोगटी

चैत ११,२०८१
हुम्ला । नेपाल कम्युनिस्ट पार्टी एमाले कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी अहिले केन्द्रपार्टीको जरा अभियनमा जिल्ला दौडाहामा छन् । त्यही क्रममा उनी गृह जिल्ला हुम्लाको सिमकोटमा छन् । कर्णालीका १० वटा जिल्लाका ५७ स्थानीयतहमा पुगेर आफ्ना पार्टीका नेता कार्यकर्ता तथा अन्य राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज, उद्योगी, व्यापारी, किसानहरूसँग छलफल गरेका छन् ।एमाले पार्टीले चलाएको अभियान र सरकारको बारेमा प्रचार गर्दे अरु लाई सुनाउँदै उनी हिँडिरहेका छन् ।“राजा राख्ने ठाउँ कहाँ छ ,संवैधानिक हिसाबले राजाको बाट बन्द भइसक्यो,नेपाली जनताले त्यो राजसस्था लाई चियानमा गएको लाश फर्कर आउँछ भने कल्पान मात्र हो ।२०६२/२०६३ जनआन्दोलनमा समाप्त भईसक्यो।”
देशको वर्तमान अबस्था, राजावादीहरूले चर्काइरहेको आन्दोलन,अन्य सरकारले संचालन गरेका गतिविधिहरु लगायतका विषयमा कर्णाली प्रदेश इन्चार्ज बोगटी संग अन्तरसम्वाद फिल्कोमिशन अनलाइन पत्रिका सम्पादक अर्जुन बोहराले प्रस्तुत गरेको कुराकानी भिडियो सहितका सम्पादित अंश :