जनयुद्ध र जनआन्दोलनको प्राप्त भएको गणतन्त्रको उपलब्धी गुम्दै जाने खतरा भयोे :शुशिल

चैत १०,२०८१
हुम्ला । नेकपा विप्लवका कर्णाली प्रदेशका इन्चार्ज कर्णजित बुढाथोकी शिसिल सिले जनयुद्ध र जनआन्दोलनको प्राप्त भएको गणतन्त्रको उपलब्धी गुम्दै जाने खतरा भएको बताएका छन् ।
गृह जिल्ला हुम्लाको सिमकोटमा पुगेका इन्चार्ज शुशिलसिले फिल्को मिशन अनलाइन पत्रिमा लिएको अन्तरर्वातमा सामन्ती राज्य व्यवस्थाविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी गुम्दै जाने खतरा पैदा भएको बताएका हुन् । संविधान र कानूनमा भएको व्यवस्था मात्र कार्यान्वयन गर्न सकेमा नेपाली समुदायहरुले न्यायको अनुभूति गर्न सक्ने बताएका छन् ।एकातिर राजवादी छ अर्को तिर माओवादी छ ।आखिर अरु शक्तिहरु विचमा कहिले काँग्रेसमा,कहिले गणतन्त्रवादी संग निजक हुने राजवादी संग नजिक भएको स्थती हो । अब पात्रको हिसाबले हिजो गणतन्त्रको लागि जनयुद्ध,जनआन्दोलनको नेतृत्वको माओेवादीले गर्यो । एकातिर राज ज्ञानेन्द्रले राजतन्त्रको नेतत्व गरिरहेको थियो । जनआन्दोलन र जनयुद्धले ल्याएको गणतन्त्र प्राप्त भएको उपलब्धी गुम्दै गएको चिन्ता शुशिल चिन्ता व्यक्त गर्नु हुन्छ ।
देशको वर्तमान अबस्था,सरकारले संचालन गरेका गतिविधि,समाजवादी मोर्चाको अबस्था र राजावादीहरूले राजा र्फकाउने अभियान लगायतका विषयमा कर्णाली प्रदेश इन्चार्ज शुशिल संग अन्तरसम्वाद फिल्कोमिशन अनलाइन पत्रिका सम्पादक अर्जुन बोहराले प्रस्तुत गरेको कुराकानी भिडियो सहितका सम्पादित अंश :