प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको तेस्रो अधिबेशन सुर्खेतमा सुरु

चैत १०,२०८१
सुर्खेत । माओवादी केन्द्रको भातृ संगठन प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश कमिटीको तेस्रो अधिवशन सुर्खेतमा सुरु भएको छ । केहि समय अघि प्रदेशका दश वटै जिल्लाका जिल्ला अभिवेशन सम्पन्न गरेको प्रेस सेन्टरले नेकपा माओबादी कर्णाली प्रदेश ईन्चार्ज कालिबहादुर मल्ला प्रमुख अतित्थ्यतामा अधिवेशन शुरु भएको हो ।
प्रेस सेन्टर कर्णाली प्रदेश अध्यक्ष प्रतीक ईक्छुक शर्माको अध्यक्षतामा भएको उत्घाटन कार्यक्रममा १० वटै जिल्लाबाट प्रतिनिधिको सहभागी छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमाल केसी,पूर्व मुख्य मन्त्री राजकुमार शर्मा, माओवादी केन्द्रका पदधिकारी,केन्द्रीय सदस्य,प्रेस सेन्टर नेपालका केन्द्रिय कार्यलय पदधिकारी , बिभिन्न संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको प्रैस सेन्टर नेपाल कर्णाली प्रदेश कमिटीले जनाएको छ ।
अधिवेशनले कर्णालीको पत्रकारिताका सवालमाथिको छलफल सँगै नयाँ नेतृत्व निर्माण गर्ने योजना रहेको कर्णाली प्रदेश समितिका सचिव धर्मराज जिसीले बताए ।