क्यान्सर लागेको पुर्व जनमुक्त्ति सेना हिमालको उपचारका लागि आफन्तको याचना

फिल्को मिसन

चैत ७,२०८१
हुम्ला ।हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नम्बर १, ठेहेगाउँका वलिराज भण्डारीले आफ्नो क्यासर पीडित काकाको उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् ।
पुर्व जनमुक्त्तिी सेनाका कम्पनी भिसी धन बहादुर भण्डारी (हिमाल)को कलेजोमा क्यान्सर भएकोले उक्त रोगको उपचारकालागि आर्थिक सहयोगको याचना गरेका हुन । शसस्त्र युद्धका क्रममा सुरक्षाकर्मीको गोली लागेर अपांगता भएका हिमाको आर्थिक अबस्था सारैनै कमजोर भएकोले उपचार गराउन असर्मथ भएको र तत्काल उपचार नभए ज्यान जाने जोखिम धेरै भएकोले आर्थिक सहयोगको याचना गर्नुपरेको हिमालका भतिजलेब बताए ।
धन बहादुर भण्डारी (हिमाल)को उपचारकालागिराष्ट्रिय बाणिव्य बैकको ५१६०१००००४८०४०१० नम्बरको खातामा रकम जम्मा गरेर वा ९८६११५८४४७ नम्बरमा सोझै सम्पर्क गरेर सहयोग गरिदिन अनुरोध गरेका छन । उनले काकाको उपचारकालागि सहयोग गरिदिन सबै संग आग्रह गरेका छन । हिमालको औषधिका माध्यमबाट क्यान्सरलाई निर्मूल गर्न सर्किने चिकित्सकहरूले जानकारी गराएपछि आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ ।

सहयोगीमनहरु
भरतपुर क्यान्सर अस्पाताल
धन बहादुर भण्डारी
राष्ट्रिय बाणिव्य बैकको ५१६०१००००४८०४०१०
फोन नम्बर ९८६११५८४४७

प्रतिक्रिया दिनुहोस