हुम्लामा समाजवादी मोर्चाको बैठकमा आगमि योजनाबारे छलफल

चैत ७,२०८१
हुम्ला । हिमाली जिल्ला हुम्लामा पनि समाजवादी मोर्चाका नेताहरूबीच लामो समयपछि जिल्लाका शिर्ष नेताहरु विच छलफल भएको छ ।
हुम्लाको दक्षिण विच पर्ने सर्केगाड गाउँपालिकामा लामो समय पछि जिल्ला स्थिती नेताहरु बुधबार सुरू भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिती र आगामी कार्यक्रमबारे छलफल भएको बैठकमा नेकपा (माओवादी केन्द्र)का जिल्ला पार्टी संयोजक डा दीपेन्द्र रोकायो जानकारी दिए ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य कर्णजीत बुढाथोकी र नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य हस्त बहादुर शाहीको उपस्थिती थियो। यस बैठकले लिएका निर्णय जानकारी तथा कार्यान्वयनका लागि समाजवादी मोर्चा प्रेस विज्ञप्ति जारी गरेको छ । बैठकमा विशेषगरी छ वटा विषयमा छलफल भएको नेता डा रोकायाले बताए।जिल्लाको समसामयिक राजनीतिक परिस्थिती तथा गतिविधिहरुको संक्षिप्तमा भए गरेको प्रगति र पहिला भएका निर्णयका विषयमा छलफल भएको डा रोकायाले जानकारी गराउनु भयो । समाजवादी मोर्चाको बैठकमा जिल्ला राजनीति र नेपालमा वदलिदो समग्र परिस्थितीबारे छलफल भएको छ । समाजवादी मोर्चाले नयाँ वर्षमा सिमकोटमा एउटा अन्तरक्रिया कार्यक्रम सिमकोटमा आयोजना गर्ने निर्णय गरेका डा.रोकायाले बताए ।
समाजवादी मोर्चाले स्थानीय पालिका तहमा पनि क्रियाशिल गर्ने गरी तिनै पार्टीका पालिका अध्यक्ष रहने गरी पालिका समिति तोकेको छ । जसमा सर्केगाडमा छवि थापा, जीवन ऐडी र वकिल शाही, चंखेलीमा गोविन्दबहादुर शाही, कर शिरा र सुवास शिरा, अदानचुलीमा दीर्घ सिंह, नवराज कार्की र दिपक फडेरा, ताँजाकोटमा कुम्भ बुढा, मदन परियार र सम्पति शाही, सिमकोटमा ताक्ला जिम्केत लामा, कृष्ण बोहरा र सम्राट बुढा, खार्पुनाथमा कमल सी, झुल रावल र लालप्रसाद जैसी र नाम्खामा दावा लामा र छिरिङ दोर्जी लामा लाई जिम्मेवारी दिएको हो ।
समाजवादी मोर्चाले विशेषगरी गणतन्त्र, राष्ट्रियता र समाजवादको यात्रालाई अभियानको रुपमा लग्ने भएको छ । वर्तमान परिस्थितीको गाम्भीर्यता र समाधानका उपायहरूका बारेमा तिनैवटा पार्टीका नेता तथा कार्यक्रता,बुद्धिजिवी,नागरिक समाजसँग पनि अन्तक्र्रिया गर्ने निर्णय पनि गरेको माओवादी केन्द्रका संयोजक डा रोकायाले बताए । ’जनताका विरूद्ध, स्वाधीनता र जनताका अधिकारका विरूद्धमा गणतन्त्र र समाजवादका विरूद्धमा भइरहेका षड्यन्त्रका विरुद्ध यो समाजवादी मोर्चाले उठान गर्ने नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य बुढाथोकी शुसिले बताए ।