माओवादी केन्द्रको ताँजाकोट गाउँपालिकाको अध्यक्षमा परियार

चैत ६,२०८१
हुम्ला । नेकपा (माओवादी केन्द्र) हुम्लाको ताँजाकोट गाउँपालिकाको अध्यक्षमा मोहन परियार (मदन) चयन भएका छन्।
उक्त पार्टीको सम्पन्न दोस्रो अधिवेसनबाट उपाध्यक्षमा नर प्रसाद जैसी, धनरुप थापा र सिपकली खत्री चयन भएका छन्।त्यस्तै, सचिवमा पुनिमल खड्का, कोषाध्यक्षमा प्रदिप जैसी र सहसचिवमा जानदत्त जैसी निर्वाचित भएका हुन् । दोस्रो अधिवेशनबाट ४५ सदस्यीय गाउँपालिका कार्यसमिति बनेको जनाइएको छ । कार्यक्रमको उद्घाटन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा पूर्व कर्णाली प्रदेशका उर्जा विकास तथा जलश्रोत मन्त्री माननीय रनसिंह परियारले गरेका थिए। गत चैत्र २ गते तोकिएको पालिका अधिवेशन प्रतिकूल मौसमका कारण निर्धारित समयमा सुरु हुन नसके पछि चैत्र ४ गते खुला सत्र आयोजना गरी नेतृत्व चयन गरिएको बताएको छ ।