माओवादी केन्द्रको अदनचुली गाउँपालिकाको अध्यक्षमा सिंह निर्वाचित

चैत ६,२०८१
हुम्ला । नेकपा (माओवादी केन्द्र) हुम्लाको अदनचुली गाउँपालिकाको अध्यक्षमा दिर्घ बहादुर सिंह निर्वाचित हुनुभएको छ ।
सो पार्टीको सम्पन्न दोस्रो अधिवेसनमा निकटतम् प्रतिद्वन्द्वी सुर्वण रोकाया,जानदत जैसी लाई पराजित गरी सिंह गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
यसैगरी, अधिवेसनबाट उपाध्यक्षमा नैन सिंह नेपाली, लक्ष्मण फडेरा र कालिबहादुर बुढा निर्वाचित हुनुभएको छ । त्यस्तै, सचिवमा विरेन्द्र सुनार र कोषाध्यक्षमा हिउँवाडी विष्ट निर्वाचित भएको माओवादी केन्द्रले जानकारी दिएको छ । दोस्रो अधिवेशनबाट ४५ सदस्यीय गाउँपालिका कार्यसमिति बनेको जनाइएको छ ।