माओवादी केन्द्र चंखेली गाउँपालिको तेस्रो अधिवेशनबाट अध्यक्षमा शाही चयन

फिल्को मिसन

चैत ३,२०८१
हुम्ला । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)चंखेली गाउँपालिको अध्यक्षमा गोविन्द शाही (प्रजोलन) चयन हुनुभएको छ । तेस्रो पालिका अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
जसको उपाध्यक्षमा कुल प्रसाद चौलागाई, भैरव तामाङ, अज बहादुर बुढा, सचिवमा सुरेन्द्र बहादुर शाही ,सहसचिवमा मोतिलाल जैसी, कोषाध्यक्षमा झुपु बुढा चयन हुनुभएको छ ।
(माओबादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज छिमीदोर्जे आशाकारको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन गरिएको थियो । कार्यक्रममा माओवादी आन्दोलन र पार्टीलाई महत्वपुर्ण योगदान पु¥याउनुभएका शहिद, घाईते, अपाङ्ग, पुर्व जनमुक्ती सेनाका परिवारलाई सम्मान गरिएको थियो ।
अध्यक्ष चयन भएपछि शाहीले गाउँपालिकाको जनतासँग प्रत्यक्ष जोडिएर समस्याहरू समाधान गर्न र पार्टीको नीति प्रभावकारी बनाउन काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस