माओवादी केन्द्र सर्केगाड गाउँपालिका कमिटिको तेस्रो अधिवेशनबाट थापा अध्यक्षमा चयन

चैत,३ २०८१
हुम्ला । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सर्केगाड गाउपालिकाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । चैत ३ गते भएको अधिवेसनमा हुम्लाको सर्केगाड गाउँपालिकामा सम्पन्न अधिवेशनले छवी थापाकोे अध्यक्षतामा ४५ जना नयाँ गाउँपालिका कमिटी चयन गरेको छ ।
उपाध्यक्षहरु शेरबहादुर रोकाया, हरिवहादुर रावत र लोक बहादुर फडेरा, सचिव पारस धामी, सह–सचिव गगन ऐडी, कोषाध्यक्ष लिला बोहरा शाही लाई सर्वसम्मत रूपमा चयन गरेको हो ।
पार्टीका गाउँपालिका कमिटी अध्यक्ष छवी थापाकोे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिता शाही,जिल्ला संयोजक डा दीपेन्द्र रोकाया,लगायतले नवनिर्वाचित कमिटि लाई शुभकामना दिनु भएको थियो ।
सर्केगाड गाउँपालिकाका जनताको समर्थन र विश्वासलाई कायम राख्दै माओवादी केन्द्रको मूल सिद्धान्त अनुसार कार्य गर्न नयाँ कार्यसमितिले प्रतिबद्धता जनाएको छ।