माओवादी केन्द्र खार्पुनाथ गाउँपालिका कमिटिको दोस्रो अधिवेशनबाट रावल अध्यक्ष चयन

चैत,३ २०८१
हुम्ला । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खार्पुनाथ गाउपालिकाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । जिल्लाभरि पालिका कमिटी अधिवेश सम्पन्न गर्ने क्रममा हुम्लाको खार्पुनाथमा अधिवेशन सम्पन्न गर्ने पहिलो कमिटि हो ।
चैत २ गते देखि शुरु भएको अधिवेसनमा हुम्लाको खार्पुनाथ गाउँपालिका याँक्चुबगरमा सम्पन्न अधिवेशनले झुल रावलकोे अध्यक्षतामा ३५ जना नयाँ गाउँपालिका कमिटी चयन गरेको छ । वरिष्ठ उपाध्यक्ष पछि चयन गर्ने गरि उपाध्यक्ष च्याँगा बोहोरा,उपाध्यक्ष धन रोकाया,सचिव गगन शाही,कोषध्यक्ष विसु सुनार र सह–सचिवमा गजेन्द्र रोकाया लाई सर्वसम्मत रूपमा चयन गरेको हो । गाउँपालिकाको दोस्रो सम्मेलनबाट अध्यक्ष पदमा ५ जानको अध्यक्ष पदमा उम्मेदारी भएता पनि सर्वसहमतिद्धारा रावल अध्यक्ष पदमा चुनिएका हुन् ।
पार्टीका गाउँपालिका कमिटी पुर्व अध्यक्ष भरत बहादुर सिंहकोे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवा नेता तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी(प्रतिरोध)रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको अधिवेसन बन्दशत्रमा शुभकाना तथा बधाई मन्तव्य राख्दै नेता विजय भण्डारीले अहिलेको परिवर्तन माओवादी पार्टीको नेतृत्वमा भएको भन्दै खार्पुनाथ गाउँपालिकाको लागि माओवादी पार्टी निर्माणमा प्रतिबद्ध रहेको बताउनु भयो । सोही कार्यक्रममा विशेष अथिती माओवादी केन्द्रका केन्द्रय सदस्य विरजन शाही,कर्णाली प्रदेशका सचिवलय सदस्य तथा जिल्ल समन्वय समितिका उप–प्रमुख दलु फडेरा(सन्जय),प्रदेश कमिटि सदस्य तथा सोहि गाउँपालिका इन्र्चाज तुला बहादुर शाही(अटल),ले बधाई शुभकामना दिनु भएको थियो । कार्यक्रमको संचालन पार्टी सचिव जिवन रावलले गर्नु भएको थियो ।
अध्यक्ष चयन भएपछि रावलले गाउँपालिकाको जनतासँग प्रत्यक्ष जोडिएर समस्याहरू समाधान गर्न र पार्टीको नीति प्रभावकारी बनाउन काम गर्ने प्रतिबद्धता व्यक्त गरे। “गाउँपालिकामा रहेका जनताका दुःख र पीडा साटासाट गर्दै अगाडि बढ्नेछु,” उनले भने । खार्पुनाथ गाउँपालिकाका जनताको समर्थन र विश्वासलाई कायम राख्दै माओवादी केन्द्रको मूल सिद्धान्त अनुसार कार्य गर्न नयाँ कार्यसमितिले प्रतिबद्धता जनाएको छ।