शिक्षक संगठन हुम्लाको अध्यक्षमा जेठारा निर्वाचित

फागनु २९,२०८१
सिमकोट । नेपाल राष्ट्रिय शिक्षक संगठन हुम्लाको १४ औं जिल्ला अधिवेशनबाट सिंह बहादुर जेठारा नेतृत्वमा २२ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ । विहीबार सुरु भएको अधिवेशन २२ सदस्यीय सर्वसम्मत नेतृत्व चयन गद सकिएको हो ।
समिति उपाध्यक्षमा पूथ्वी शाही र महिला मावेशीमा उपाध्यक्षमा धनदेवी शाही, सचिवमा जय बहादुर बम, कोषाध्यक्षमा चिन बोहरा, सह–सचिवमा अमूता शाही , समावेशी सह–कोषाध्यक्षमा रामशिला रोकाया, सदस्यमा महाचन्द्र जैसी लगायत निर्वाचित भएको शिक्षक संगठनका नेता अमर बहादुर शाहीले बताए ।
अधिवेशनको बन्द शत्रले गुणस्तरीय शिक्षाका लागि शिक्षकको सुविधा बढाउनु पर्ने, शिक्षकको क्षमता अभिवृद्धि गर्नुपर्ने, विद्यालयमा भौतिक पूर्वाधार, शिक्षक दरबन्दी, प्रविधिमैत्री कक्षाकोठा बनाउनु पर्ने लगायतका विषयमा छलफल गरेको शिक्षक नेता शाहीले जानकारी दिए ।