विप्लव नेतृत्वको नेकपा हुम्लाले गरयो पत्रकार सम्मेलन

फागुन २९,२०८१
हुम्ला । नेत्रविक्रम चन्द (विप्लव सि) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी हुम्लाले पत्रकार सम्मेलन गरेको छ । नेपालको पछिल्लो राजनिति अबस्था, नेकपाको पार्टीका विचार र प्रस्तावलाई स्पष्ट गर्नको लागि गृहजिल्लामा पुग्नु भएका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज कर्णजित बुढाथोकी (सुशील सिले जानकारी दिए ।
उनले भने पार्टीले २०८४ को निर्वाचनलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा, विद्यार्थी र नेपाली विशेषतासहितको समाजवादको पक्षमा जानको लागि आफनो पार्टीले प्रमुख लक्ष्य रहेको बताए ।
देशको राजनितिक, आर्थिक, सामाजिक अवस्था निकैनै कमजोर अवस्थामा पुगिसकेको हँुदा अब आम जनताहरुले सहकार्य समन्वय गरी वैज्ञानिक समाजवादलाई अगाल्दै आफ्नो पार्टीलाई साथ दिन आग्रह गर्नुभयो ।
मुलुकलाई आत्मनिर्भरता सहित समृद्धितर्फ अघि बढ्न नयाँ आर्थिक मार्गको विचारलाई दृढताका साथ कार्यान्वयन गर्ने, कृषि उत्पादनसहित उद्योग सञ्चालनका लागि अध्ययन अघि बढाउने,उत्पादन वृद्धि गरि आत्मनिर्भर बन्ने स्थायी कमिटी सदस्य शुशिले जानकारी दिए।नेकपाले क्रान्तिकारी पार्टी लाई ध्रुवीकरण हुने बताए ।
पार्टीले भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्बासी, मिटरब्याजलगायत समस्या समाधानमा सरकारलाई जवाफदेही बनाउने पार्टी लागि परेको बताए । देशका शासक वर्गहरु धनी हुँदै गएको र जनताहरु झन झन गरिब हुँदै गएकाले अब आर्थिक क्रान्तिमा जुट्ने बताए ।
दलाल पूँँजीपति वर्ग, दलाल तथा नोकरशाही पूँजीपति वर्गको स्वार्थ र इसारामा संचालित स्वच्छाचारी जनविरोधी दुईतिहाई केपि ओली सरकारको हर्कत र ईतिहासकै असफल प्रतिगामी विचार हिन्दुराज्य र राजतन्त्र पुर्नस्थापनाको नारा लिएका राजावादीहरुको हर्कतले १९ दिने जनआन्दोलनको उपलब्धि गुम्ने डर भएकाले माओवादी घटकहरु, कम्युनिस्ट पार्टी र गणतन्त्रवादी एक भएर लाग्नु पर्ने प्रेस विज्ञप्ति भनिएको छ ।