माओवादी केन्द्र जिल्ला समन्वय कमिटी हुम्लाको पूर्ण बैठक शुरु,पार्टी कमिटी र जवस नेताहरूले धारणा राख्ने क्रम जारी

फिल्को मिसन

फागनु १७, २०८१ शनिबार
हुम्ला । नेकपा माओवादी केन्द्रको जिल्ला समन्य समिति हुम्लाको दोश्रो पूर्ण जिल्ला समन्वय समितिको बैठक जारी रहेको छ । सदरमुकामा सिमकोटमा रहेको मानसरवर होटलमा आज बाट सुरु भएको बैठकमा माओवादी केन्द्र र प्रदेशका गरेको निणर्यको सर्ककुलर केन्द्रीय नेताहरुले प्रस्तुत गरेको पार्टी सचिव धर्मराज बोहरा (विज्ञान)ले बताए ।आजबाट शुरुभएको पूर्ण बैठकमा माओवादी केन्द्रका सातै वटा गाउँपालिका र जनवर्गिय संगठनका नेताहरुले आफनो कार्याक्षेत्रमा भएका गतिविधि सहित आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ ।


जिल्ला समन्वय समितिको बैठकअघि बसेको पदाधिकारी बैठकले पूर्ण बैठकको एजेण्डाहरु जिल्ला समन्वय समिति हुम्लाका संयोजक डा दीपेन्द्र रोकायाले सुनाउनु भएको थियो । भरखरै केन्द्रीय समितिको बैठकले निणर्य गरेको सरकुलर र कर्णाली प्रदेशको निणर्य र पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।माओवादी केन्द्र हुम्लाले समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा निर्णय लिनेभएको छ । जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने बताइएको छ ।
जिल्ला समन्वय समितिका संयोजक डा रोकाया अध्यक्षतामा शनिबार शुरु भएको बैठकमा आगामि दिनमा केन्द्र र प्रदेशले जनतामा र्फकिने योजना गर्न लागेको पार्टीको सर्कुलर माथि छलफल गर्नुका साथै सुझाव संकलन गरिएको नेकपा माओवादी केन्द्र हुम्लाले जनाएको छ ।


बैठकमा जिल्ला समन्वय समितिका सदस्य देखि जिल्लाबाट प्रदेश तथा केन्द्रसम्म प्रतिनिधित्व गर्ने नेता कार्यकर्ताहरुको उपस्थिति रहेको बताइएको छ। बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज छिमीदोर्जे लामा (आशाकार),केन्द्रीय सदस्य विजय भण्डारी (प्रतिरोध),वैकल्पीक केन्द्रीय सदस्य शुस्मीता शाही,पार्टी प्रदेश कमिटी सह–इन्चार्ज लालकेश जैशी,केन्द्रीय र केन्द्रीय सल्लाहकार कमिटी सदस्य लगायत जिल्ला समन्वय कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस