सात सय भन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइँदै सदरमुकाम सिमकोटमा

फिल्को मिसन

फागुन १६,२०८१ शुक्रवार
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिकामा ७ सय ३८जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’(एचपिभि) खोप दिइने भएको छ । यहि फागुन १८ गते देखि २९ गते सम्म किशोरीलाई एचपीभी खोप लगाउने भएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर बहादुर भण्डारीले बताए ।
सिमकोट गाउँपालिकामा १३वटा खोप केन्द्रबाट ७ सय ३८ जना किशोरीलाई खोप लगाइनेछ । पालिकामा रहेका पाँच वटा स्वास्थ्य संस्था ठेहे, बरगाउँ, डाँडाफया, स्याँडा स्वास्थ्य चौकी, माथिल्लो गाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्र र कुम्लीक आधारभूत स्वास्थ्य सेवा केन्द्रमा संचालन गरिने छ । लक्षित वर्गका किशोरी लाई कक्षा ६ देखि १० सम्म ७सय ४ जना र १० देखि १४ वर्ष उमेरका ३४ जना किशोरी विद्यालयबाहिर रहेका लाई पनि उक्त खोप लगाइनेभएको छ ।
यसका लागि स्वास्थ्यकर्मी, स्वयंसेविका र शिक्षक छनोट गर्ने कार्य भइरहेको छ। यो अभियान जिल्लाकै लागि सिमकोट गाउँपालिकाको बालमन्दिर माविबाट सुरु हुनेछ। खोप अभियानमा भ्याक्सिनेटर स्वास्थ्यकर्मी रस्वयमसेवक परिचालन हुनेछन् भने सबै वडामा रहेका विद्यायमा अध्यारनरत छात्रा र विद्यालय बाहिरका किशोरी लाई खोप अभियान सञ्चालन हुने तयारी भएको जनाएको छ ।
कार्यक्रमलाई प्रभावकारी बनाउन सबै सरोकारवालाले पहल गर्नुपर्ने र त्यसका लागि विद्यालय र सबै वडामा रहेका स्वास्थ्यकर्मिले प्रभावकारी भूमिका खेल्नुपर्ने बोल्ने ब्यक्ताहरुले बताए ।एचपिभी खोप अभियानबारे जनप्रतिनिधि, प्रधानाध्यापक, सञ्चारकर्मी र अन्य सरोकारवाल सहभागि थिए ।

 

प्रतिक्रिया दिनुहोस