फोनिज हुम्ला शाखाको अध्यक्षमा नरजङ तामाङ सर्वसम्मत चयन

फागुन ४,२०८१
हुम्ला । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) हुम्ला शाखाको अध्यक्षमा नरजङ तामाङ सर्वसम्मत चयन हुनुभएको छ ।
आज भएको शाखाको पहिलो अधिवेशनले (नेपाल टेलिभिजन र अन्नपूर्ण पोष्ट दैनिक हुम्ला संवाददाता तामाङको अध्यक्षतामा ९सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । शाखाको उपाध्यक्षमा छपाल लामा (रेडियो कैलास एफका समाचारवाचक तथा कार्यक्रम सञ्चालक), सचिवमा भक्तराज ऐडी (फिल्को मिसन डट कम अनलाइन), कोषाध्यक्षमा अविनाश लामा (कर्नाली रैबार डट कम अनलाइन), सहचिवमा मिग्युर लामा (रेडियो कर्नाली आवाज एफ एम, हुम्ली भोटे भाषाका समाचारवाचक),सदस्यहरुमा ऐटन रावल (रेडियो कर्नाली आवाज एफ एम), कमिलाल ऐडी (फिल्को मिसन डट कम अनलाइन), छवांग लामा र कुन्सांग लामा लाई चयन गरेको छ ।
हुम्लामा पनि नरजन तामांगको अध्यक्षतामा ९ सदस्यीय फोनिज जिल्ला शाखा गठन भएको छ । नयाँ कार्यसमितिको सपथ र पदस्थापन कार्यक्रम आजै सम्पन्न भएको छ ।