प्रेस चौतारी कर्णालीको नेतृत्वमा अध्यक्ष बने सिम्खडा

फागनु ४,२०८१
सुर्खेत । नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको नयाँ नेतृत्व चयन भएको छ । चौतारीको कर्णाली प्रदेश अधिवेशनले प्रेमराज सिम्खडा अध्यक्षमा चयन भएका छन् । आइतबार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो अधिवेशनबाट सिम्खडाको नेतृत्वमा नयाँ टीम बनेको हो ।
यस्तै, उपाध्यक्षमा सीता वली (सुर्खेत) र हिक्मत नेपाली (दैलेख), महासचिवमा ओमबहादुर शाही (सुर्खेत), सचिवमा सुरेश परियार (हुम्ला) नौरेते नेपाली (जुम्ला), कमल बुढा (डोल्पा), झक्कुप्रसाद शर्मा (सल्यान), कालीबहादुर बुढा (जाजरकोट), जगतजनाला विक (सुर्खेत) र कोषाध्यमा गिता थापा (सुर्खेत) चयन भएका छन् ।