ठेहेगाउँमा संयुक्त जनयुद्ध दिवसः जनयुद्धको सपना पूरा गर्न माओवादीहरु एक हुन आग्राह

जय भण्डारी

फागुन १,२०८१
हुम्ला । नेपाल कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र सिमकोट गाउँपालिका १ र २ वडा कमिटीले ठेहे गाउँमा जनसभा र बृहत् साँस्कृतिक कार्यक्रम गरी संयुक्त रुपमा ३० औं जनयुद्ध दिवस मनाएका छन् ।ठेहे गाउँ कमिटीको संयुक्त आयोजनामा जनसभा, सरसफाई कार्याक्रम,शहिदपरिवार सम्मान र साँस्कृतिक कार्यक्रम गरी ३० औं जनयुद्ध दिवस मनाइएको हो ।
कार्यक्रममा माओवादी केन्द्र र नेकपा नेताहरुले सम्बोधन गर्दै जनयुद्धको सपना पूरा गर्न विभाजित माओवादीहरु एक हुनुपर्ने आग्रह गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेकपाका बैकल्पीक केन्द्रीय सदस्य कृष्ण बोहरासीले सम्बोधन गर्दै क्रान्ति परिवर्तन चाहनेहरुका लागि यो जनयुद्ध दिवस ठुलो पर्वका रुपमा भएको बताए । उनले आजको राज्य व्यवस्था जनयुद्धको उत्पादन भएको भन्दै जनयुद्धलाई कसैले हिँसा हो भनेर नबुझ्न चेतावनी दिए ।


कार्यक्रमका अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव अर्जुन बोहराले तत्कालिन सामन्ती निरंकुश राजतन्त्रको विरुद्धमा जनयुद्ध मार्फत विद्रोह गरेको दिन,जनता आफैले अन्याय अत्याचार विरुद्ध लडेको जनयुद्ध महान दिन भएको बताए । कसैले पनि सामान्य तरिकाले नबुझनु आग्रह गर्दै २०५२ साल फागुन १ गते सुरु भई १० वर्षसम्म चलेको जनयुद्धको उपलब्धि नेपालमा गणतन्त्र, संघीयता, समावेशी समानुपातिक राज्य व्यवस्था स्थापना भएको बताए । उनले माओवादीले मात्रै देशको समृद्धि परिवर्तनकारी भएकोले अब क्रान्तिकारी कम्युनिष्ट र माओवादी घटकहरु एकजुट भएर समाजवादी क्रान्तिका लागि अघि बढ्नु आग्रहा गरे ।


कार्यक्रमका अतिथि कर्णाली प्रदेश समितिका सदस्य तथा सिमकोट गाउँपालिका उपाध्यक्ष जङग बोहराल् जनता आफैले अन्याय अत्याचार विरुद्ध लडेको जनयुद्ध महान भएको बताए । जनयुद्धका कारण केही परिवर्तन भएपनि जनताको व्यवस्था आउन अझै बाँकी रहेको भन्दै सबै माओवादीहरु एक भएर नेपालमा समाजवाद ल्याउने क्रान्तिमा लाग्न अपिल गर्नुभयो ।
जनसभालाई सिमकोट गाउँपालिका वाड नं २का सदस्य तथा नेकपा माओवादी केन्द्र वडा इन्चार्ज राम बहादुर बोहा, नेकपा माओवादी केन्द्र सिमकोट गाउँपालिका अनेमासघ सदस्य बाचकला बोहराले सम्बोधन गरेका थिए ।


कार्यक्रममा ठेहे गाउँका सहिद परिवार लाई सम्मान गरिएको थियो । कार्यक्रममा साविका छ वडाका ६ वटा महिला देउडा टिमले आफनो कला तथा सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । ठेहे गाउँमा महान जनयुद्ध जिन्दावाद , वीर सहिदहरू अमर रहनु , ३० औं जनयुद्ध दिवसको शुभकामना भन्ने नाराका साथ गाउँ परिक्रमा गरि ठेहे गाउँको सभाथाडामा अत्तरिया ¥याली सहित परिक्रमा गरि शहिद परिवार लाई सम्मान सहित देउडा गित प्रतियोगिता गर्दै कार्यक्रम समापन गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस