एक वर्षमा ३६ करोड ४७ लाख सामाजिक सुरक्षा भत्ता वितरण

माघ २६,२०८१
हुम्ला । हिमाली जिल्ला हुम्लामा सामाजिक सुरक्षा कार्याक्रम अन्तर्गत एक आर्थिक वर्षमा करिब रु ३६ करोड ४७ लाखा रकम वितरण गरेको छ ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा यस कार्यक्रमअन्तर्गत रु ३६ करोड ११ लाख १५ हजार ४० रुर्पौया रकम मसान्त सम्म निकासा भएको जनाएको छ । कोष तथा नियन्त्रक कार्यालयका अनुसार ३६ करोड ४७ लाख ५९ हजार ३१ रुपैँया सातै वटा गाउँपालिकामा खर्च भएको जनाएको छ ।
त्यसैगरी हुम्लाका सातवटै गाउँपालिकमा जेष्ठनागरिक,एकल महिला,बालबालिकामा, अपाङ्गता भत्ता वितरण प्रवाधन रहेको बताएको छ । यसअघिका वर्षमा सेवाग्राहीलाई घरघरै रकम पु¥याइने गरिए पनि अब सबैलाई अनिवार्य बैंक खातामा रकम पठाउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । कतिपय यता सेवाग्राही वृद्धवृद्धाले भने अहिले सम्म बैंकले समयमा सुरक्षा भत्ता नदिएको गुनासो गरेका छन् । सेवाग्राहीलाई रकम प्राप्त गर्न सजिलो बनाउन लागि सम्बन्धित बैंकहरुलाई सेवा प्रवाहको लागि सहज बनाउन आग्रह गरिेको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम स्थानीय सरकार स्थापन भईसकेपछिको स्थानीय तहमै बैक स्थापान पछिको पहिलो सामाजिक सुरक्षा भत्ता वितरण कार्याक्रम सफल भएको छ । सुरक्षा भत्ता वितरण कार्याक्रममा पछिल्लो समय अशक्त, अपाङ्ग र जेष्ठ नागरिकको जीवन निर्वाह गर्नेको लागि सहज भएको छ । पटक पटक सरकारले सामाजिक सुरक्षा कार्याक्रम बढाउँदै गरेको पनि देखिन्छ ।
नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता कार्यक्रमले असक्त, अपाङ्ग, एकल महिला तथा जेष्ठ नागरिक सहित लोपोन्मुख जातजाति, दलित तथा साविक कर्णाली लगायतका दुर्गम जिल्लाका ६० वर्षमा नागरिकहरु र पाँच बर्षमुनिका बाललालिकाहरु लाई लागुगरिएको छ । २०५१ सालमा नेकपा एमाले नेतृत्वको सरकारको पालामा प्रधानमन्त्री मनमोहन अधिकारीले सुरु गरेको वृद्धभत्ता कार्यक्रमलाई अहिले लोकप्रिय बन्दै आएको छ ।