प्रेस चौतारी हुम्लाको अध्यक्षमा बोहरा

जय भण्डारी

माघ २४,२०८१
हुम्ला । प्रेस चौतारी नेपाल जिल्ला शाखा हुम्लाको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । विहीबार सदरमुकाम सिमकोटमा सम्पन्न अधिवेशनले प्रेस चौतारी हुम्ला शाखाको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि रास्ट्रिय समाचार समितिका हुम्ला जिल्ला संवाददाता तथा रेडियो कर्णाली आवजका समाचार प्रस्तोता दान बोहराको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । अधिवेशनको निर्वाचनबाट हुम्ला शाखाको उपाध्यक्षमा रतन रावत,महिला उपाध्यक्षमा बेलुमाया महतारा, सचिवमा मोहनसिंह बुढा, कोषाध्यक्षमा ऐटन रावल र सह सचिवमा लक्ष कामी सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी शाखाको कार्यसमिति सदस्यहरुमा धनबहादुर भण्डारी, र भाग्गी थापा निर्वाचित भएका छन् ।
प्रदेश प्रतिनिधि परिषद सदस्यमा सुरेश परियार,नृपराज हमाल,पदमराज हमाल चयन भएका छन भने र केन्द्रीय प्रतिनिधि परिषद सदस्यमा कालीबहादुर थापा र नन्द सिंह निर्वाचित भएका छन् । प्रेस चौतारी अहिले देशव्यापी रुपमा जिल्ला अधिवेशनमा होमिएकाले सोही अनुसार हुम्लाको पनि अधिवेशन सम्पन्न गरिएको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रमेश ऐडीले जानकारी दिए ।

                                                                                        पत्रकारिता पुरस्कार सञ्चारकर्मी रावतलाइ
प्रेस चौतारी नेपाल हुम्ला शाखाले संचालन गरेको यस वर्षको पत्रकारिता पुरस्कार सञ्चारकर्मी राजन रावत लाई पुरस्कृत गरेको छ ।
पुरस्कृत हुने रावत नेपाल पत्रकार महासंघ हुम्ला शाखाको अध्यक्ष समेत रहेका छन् । बिगत लामो समयदेखि जिल्लामा पत्रकारिता गर्दे आएका हुम्ला जिल्ला सिमकोट गाउँपालिका– ५ निवासी रावत प्रेस चौतारीले जिल्लामा कृयाशिल पत्रकारहरुलाई प्रदान गर्दै आएको पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएको प्रेश चौतारी हुम्लाका नवनिर्वाचित अध्यक्ष दाने बोहराले बताए ।
पुरस्कृत रावतलाई नगद पुरस्कार, प्रमाणपत्र नेकपा एमाले हुम्लाका सचिव तीर्थराज बोहराले प्रदन गरेका थिए भने प्रेश चौतारीका केन्द्रीय सदस्य रमेश ऐडीले अविर खादा लगाउने कार्य गरेका थिए । प्रेश चौतारीको छैटौं जिल्ला अधिबेशनको उद्घाटन सत्रमा उक्त पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कृत भएपछि रावतले जिल्लामा थप क्रियाशील भएर पत्रकारिता गर्ने प्रतिबद्धता ब्यक्त गरे । त्यसैगरि प्रेश चौतारी नेपालले पत्रकार बेलुमाया महतारालाई सम्मान गरेको छ । महतारातालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । महतारा प्रेश चौतारीमा आबद्ध रहँदै आएकी छन भने उनीले रेडियो कर्णाली आवज समाचार प्रस्तोता हुन् ।

 

प्रतिक्रिया दिनुहोस