प्रेस चौतारी नेपाल हुम्लाले मनायो स्थापना दिवस

जय भण्डारी

माघ २२ ,२०८१
हुम्ला। प्रेस चौतारी नेपाल हुम्लाले चौतारीको २७ औँ स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ । प्रेस चौतारी नेपाल हुम्लाले आयोजना गरेको कार्यक्रम संगठनका जिल्ला अध्यक्ष नन्द सिहंको अध्यक्षता तथा नेकपा एमाले जिल्ला पार्टी हुम्लाका उपध्यक्ष प्रकाश बहादुर शाहीको प्रमख आतिथ्ययतामा भएको हो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रमेश ऐडी,एमाले जिल्ला सह सचिव प्रताब लामा, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव अर्जुन बोहरा,नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावत, प्रेस युनियनका जिल्ला उपध्यक्ष छपाल लामा र प्रेस सेन्टरका जिल्ला अध्यक्ष तिलसरा विकको लगायतले स्थापना दिवसको अवसरमा शुभकामना प्रदान गर्नुभएको थियो ।


कार्यक्रमका सहभागीलाई संगठनकी जिल्ला उपाध्यक्ष बेलुमाया महतराले स्वागत गर्नुभएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपाल हुम्लाको लामो समय देखि संगठनको बारेमा खेलेको भुमिका प्रति सम्मान गर्दे केन्द्रीय सदस्य रमेश ऐडी र पूर्व संगठनका अध्यक्ष मिमसिह नेपाली लाई सम्मानित गरिएको थियो । एमाले जिल्ला पार्टीका उपध्यक्ष प्रकाश बहादुर शाहीले उहाँलाई सम्मानित गर्नुभएको हो ।


स्थापना दिवसका अवसरमा विभिन्न जिल्ला र शाखाहरुमा पनि कार्यक्रम संचलन गरेर मनाएका छन् । ०५५ मंसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले ०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेको थियो । सोही दिनको स्मरणमा प्रेस चौतारीले माघ २७ गते स्थापना दिवस मनाउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस