भुक्तानी नपाएपछि ठेकेदारद्धारा हुम्ला र मुगुको जोड्ने पिपलमुढा पुल निर्माणको काम ठप्प

अर्जुन बोहरा

माघ १८,२०८१ शनिबार
हुम्ला । मुगु र हुम्ला जोड्ने पुल अन्तिम किस्ताको रकम भुक्तानी नपाएको भन्दै पुल निर्माण कम्पनीले कर्णाली नदीको पुल बन्द गरिदिएको छ । मुगुको शोरु गाउँपालिका वडा नम्बर ७ तारापानी सिप र हुम्लाको अदानचुली गाउँपालिका वडानं २ पिपलमुढा जोड्ने कर्णाली नदिमाथिको पुल निमार्ण कम्पन्नीलेने जोडिसकेको पुलका सामानहरु हटाएको छ । अहिले बेलिब्रिज बन्द गरेपछि मानिसहरु र सवारी साधन आतेजाते बन्दी गएक छ ।
कर्णाली प्रदेश सरकार र शोरु गाउँपालिका बिच जलप रवि चक्र जेभी निमार्ण कम्पनीले २०७६ सालमा करिब ४ करोड ५० लाखाको लागतमा बेलिब्रिजको सम्झौता गरेको थियो । सोरु गाउँपालिकाले सम्झौताअनुसार अन्तिम किस्ताको २ करोड रुपैयाँ नदिएको भन्दै जलप रवि चक्र जेभीका प्रतिनिधि बखत बहादुर मल्लाले पुल बन्द गर्नुपरेको बताए ।

सरकारले ठेकेदार कम्पनीलाई भुक्तानी नदिएपछि अन्ततः पुल निर्माण कम्पनीले आफैले निमार्ण गरेको पुलका सामानहरु निकालेको मल्लले जानकारी दिनु भयो ।

 

बेलिब्रिज निर्माण पूरा भएको एक वर्ष बढि समय भएसक्यो अझै गाउँपालिकाले अन्तिम किस्ता रकम भुक्तानी नदिएपछि पुल बन्द गर्नु पर्ने अवस्था आएको कम्पनीका प्रतिनिधि मल्लले बताए । २०७६ सालमा कम्पनीले गाउँपालिकासँग बेलिब्रिज निर्माण सम्झौता गरी २०७८ मा काम सम्पन्न गर्ने म्याद थियो ।गाउँपालिकाले छिट्टै भुक्तानी दिने जनाए पनि कम्पनीले तत्काल रकम माग गर्दै आएको छ । रकम भुक्तानी नभएसम्म पुल नजोड्ने कम्पनीको चेतावनी दिएको छ ।सोरु गाउँपालिकाले निमार्ण कम्पनी अहिलेसम्म काम गरेबापतको पाउनुपर्ने ४ करोड ५० लाख मध्ये अहिले सम्म २ करोड ५० लाख मात्र भुक्तानी लिएको छ । पाउनु पर्ने बाँकी रकम नपाएको भन्दै निर्माण कम्पन्नीले काम नगर्ने जनाएपछि सबै ठाउँमा जानकारी गराएर काम बन्द गरेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस