हुम्लाका स्थानिय तह: ६ महिनामा चालु बजेट ८ करोड खर्च बढि,पूँजीगत खर्च निराशाजनक

फिल्को मिसन

माघ १७,२०८१
हुम्ला । चालु आर्थिक वर्षको ६ महिनामा हुम्लका स्थानीय तहरुले सन्तोषजनक रुपमा बजेट खर्च गर्न सकेका छैनन्। त्यसमा पनि पुँजीगत खर्च निराशाजनक छ ।
पुस मसान्तसम्ममा यहाँका स्थानीयतहले पुँजीगत खर्चको हिस्सा समग्रमा १६ प्रतिशत कटाउन सकेका छैनन्। सात वटा स्थानीय तह र एक जिल्ला समन्वय समिति हुम्लाको चालु र पुँजीगतको समग्र खर्च प्रतिशत पनि ४० नाघेको छैन । नाम्खा, सिमकोट,खार्पुनाथ,सर्केगाड,चंखेली,अदानचुली र ताँजाकोट गरी ७ स्थानीय तह संचालनमा छन् ।
जिल्ला समन्वय समिति हुम्ला र स्थानीय तहले आव.२०८१/०८२को पहिलो ६ महिनामा ८ करोड ८१ लाख ३५ हजार ६सय २१ रुपैँया ५० पैंशा खर्च गरेको छन् । स्थानीय तहको समग्र बजेट खर्च न्यून छ भने पुँजीगत खर्च निराशाजनक छ । ६ वटा स्थानीय तहतर्फ खर्च प्रतिशत अलि बढी देखिन्छ भने सबभन्दा धेरै पुँजीगत खर्च सर्केगाढ गाउँपालिकाले शुन्य बजेट पनि खर्चे गरेको छ ।
आ.व.२०८१/०८२को चालु खर्चतर्फ सबै भन्दा खार्पुनाथ गाउँपालिका धेरै खर्च गर्नेमा पहिलो स्थानमा रहेको छ । जसले २ करोड ३ लाख ६ हजार १३५ रुपैँया खर्च गरेको छ । दोस्रोमा ताँजाकोट गाउँपालिकाले १ करोड ९१ लख ७२ हजार ४२८ रुपैँया खर्च गरेको छ । तेस्रोमा सिमकोट गाउँपालिकाले १ करोड ७४ लाख ५१ हजार ८३२ रुपैँया खर्च गरेको छ । चौथोमा नाम्खा गाउँपालिकाले ८९ लाख ९८ हजार ३५ रुपैँया खर्च गरेको छ । पाँचौमा अदानचुली गाउँपालिकाले ८२ लाख ५० हजार ८६१ रुपैँया खर्च गरेको छ । सातौंमा जिल्ला समन्वय समिति हुम्लाले ६४ लाख ५० हजार ९२२ रुपैँया ५२ पैंशा खर्च गरेको छ भने हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गापाले यो आवको ६ महिनामा शुन्य बजेट पनि खर्च गर्न सकेको छैन ।
हुम्लामा ८ स्थानीय तहहरुले आवको ६ महिनामा ८ करोड ८१ लख ३५ हजार ६२१ रुपैँया ५२ पैंशा चालु बजेट खर्च गरेको आँकडा कोष तथा लेखा नियन्त्रण कार्यालय, हुम्लाबाट जानकारी प्राप्त भएको छ । यो बजेट संघतर्फको चालु अर्थात तलब भत्ता र अन्य सेवा सुविधाहरु मात्र हो । यसमा पूँजीगत खर्चको शुन्य रकम पनि खर्च भएको छैन ।
बजेटको काम भइरहे पनि बिल भुक्तानी गर्न बाँकी भएकाले यकिन खर्च भने यो भन्दा बढी नै हुनसक्छ। विकास निर्माणका कामहरू धमाधम भइरहेको तर, बिल भुक्तानी गर्न बाँकी भएकाले पनि खर्च प्रतिशत कम देखिएको छ । यो वर्षको विकास बजेट खर्च गत वर्षभन्दा झन् निराशा जनक देखिएको छ ।
कोष तथा नियन्क्रक कार्यालय हुम्लाका अनुसार पूँजीगत बजेट खर्चका आधारमा विकासको गति मापनसमेत गरिने बताएको छ । विगतका वर्षझै यो वर्ष पनि असारमसान्तको अन्तिम तिर हतारहतार बजेट खर्चगर्ने प्रवृतिले निरन्तरता पाउने अबस्था रहेको छ ।
कोष तथा नियन्क्रक कार्यालयका अनुसार जेठ १५ मै बजेट ल्याउने संवैधानिक व्यवस्था गरिए पनि असारे विकासको अन्तय भएको छैन । यस वर्ष पनि आर्थिक वर्षको अन्तिममा खर्चको चाप पर्ने, जथाभावी खर्च र निमार्णको काम हुने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस