१६ करोडमा बनेको सिमकोट विमानस्थलका एप्रोन हस्तान्तरण नहुँदै भासियो

फिल्को मिसन

माघ १७,२०८१
हुम्ला । हुम्लाको सदरमुकामा सिमकोटमा रहेको विमानस्थलको एप्रोन निर्माण सम्पन्न भएर सरकारलाई हस्तान्तरण नहुँदै भासिएको छ ।
सिमकोटमा निर्माणाधीन विमानस्थलको एप्रोन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। नेपाल सरकारको १६ करोडमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९५ प्रतिशत काम सकिएको नागरिक उड्डयन कार्यालय सिमकोटका कार्यालय प्रमुख महेन्द्रबहादुर सिंहले जनाएको छ । विमानस्थल एप्रोनको मुख्य निर्माण कार्य सकिएपछि ठेक्का लिएको ठेक्केदारले निर्माण गरेको एप्रोन हस्तान्तरण गर्ने अन्तिम अबस्था पछि एप्रोनको मुनिको माटो लेवलिङ्ग नभएर भत्किीयो छ ।
बर्षातको समयमा एप्रोनमा उठाएको पर्खालका पाइका नाला, पानीको सतह भन्दा अग्लोकै कारण एप्रोन भत्किीएको विमानस्थलका प्रमुखले बताए । निर्माण कम्पनीले पटक पटक भुक्तानीको लागि माग गरेता पनि अहिले सम्म अन्तिम भुक्तानी भएको छैन ।


‘विनास्थलको एप्रोन हस्तान्तरण नहुँदै भत्किएको अवस्थामा निर्माण कम्पनीले नै एप्रोन मर्मत सम्भार गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘विमानस्थल मर्मत गर्न भनेर पटक–पटक पत्राचार गरिरहेका छौं । अहिले सम्म कम्पनीले निमार्ण गरेकै छैन् । निर्माण कम्पनीले सम्झौता अनुरुपको गुणस्तरीय सामग्री प्रयोग नगरेकाले विवमानस्थलको एप्रोन भत्किएको र भत्किएको एप्रोन पनि मर्मत नगरेकाले हस्तान्तरण नभएको नागरिक उड्डयन कार्यालय सिमकोटका कार्यालय प्रमुख सिंहले भनाई छ ।

प्रतिक्रिया दिनुहोस