अखिल क्रान्तिकारीको पदाधिकारीमा को–को हुम्लाबाट विजयी भए ?

रुपा देवकोट

माघ १६,२०८१, बुधबार
काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को उप–महासचिव जटिल कार्की विजयी भएका छन् ।
२३ औं राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा हुम्लाबाट उप–महासचिवमा जटिल काकी, सचिवः जितेन्द्र भण्डारी, लेखा आयोग उपाध्यक्ष ज्ञान बहादुर लामा र केन्द्रिय सदस्य छत्र बहादुर मल्ल विजयी भएका हुन् । उनी विश्वविद्यालय र उपत्यका विशेषको बुधबार सम्पन्न मतगणनामा बढि मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । अखिल क्रान्तिकारीको विधानअनुसार १ अध्यक्ष, खुला ४, समावेशी ५ गरी ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष हुने प्रावधान छ ।
नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । अखिल क्रान्तिकारीले गत पुस १४ मा मतदान गराएर ३२ वर्षे उमेर हद लगाउनुपर्ने निर्णय गरेको थियो । त्यहीअनुसार केन्द्रीय समितिमा ३२ वर्ष उमेरमुनिका विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया दिनुहोस