कार्यालयले तोकेका सूचना अधिकारी फोन नम्बर सार्वजनिक

माघ १६,२०८१
हुम्ला । जिल्ला प्रशासन कार्यलय हुम्लाले जिल्ला स्थित कार्यलयका सुचना अधिकारी तथा गुनासो अधिकारी र सम्पर्क फोन नम्बर सार्बजनिक गरेको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालयको सामाजिक संजाल फेसबुक पेजमा जिल्ला स्थित ४४ वटा सरकारी कार्यलयको सम्पर्क नम्बर सार्बजनिक गरेको हो ।
प्रशासन कार्यालयको पहलमा सबै सुचना अधिकारीलाई नम्बरको व्यवस्था गरिएको प्रमख जिल्ला अधिकारी नारण पाण्डेले बताउनु भयोसबै नागरिकलाइ सुचनाको पहुचसम्म पुयाउने उदेश्यले सम्पर्क नम्बर बितरण गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो । कार्यलयको काम कारबार्हीलाइ पारर्दशिता बनाउन सहयोग पुग्ने उहाँले बिश्वास ब्यक्त गर्नुभयो ।
जिल्लाका सबै सरकारी कार्यालयहरुमा सुचना अधिकारी तोकिएका छन् । अधिकाँस कार्यालयले यस अघि सुचना अधिकारी नतोकेको कारण सेवाग्राहीलाई सुचना लिन समस्या भएको आवाज उठेपछि प्रमुख जिल्ला अधिकारी पाण्डेको पहलमा सूचाना अधिकारी नामा सार्वजनिक भएको हो ।