अखिल क्रान्तिकारीको खस आर्यको सचिवमा जितेन्द्र भण्डारी विजयी

रुपा देवकोटा

माघ १६ बुधबार,२०८१
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको खस आर्यको कोटा सचिवमा जितेन्द्र भण्डारी विजयी भएका छन्। बुधबार सम्पन्न मतगणनामा भण्डारीले ६१४ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ ।त्यस्तै खुला सचिवमा प्रेम जैशी ५११, वीरेन्द्र जिसी ३९२, शिशिर बस्याल ३७२ र सम्झना राईले ५४५ मत हासिल गर्दै विजयी भएका छन ।यसैगरी कोषाध्यक्षमा फुलमाया राना मगरले ५९६ मत प्राप्त गरेर सफल भएका छन भने छात्रातर्फ तिर्सना आलेमगर ४९८, समकृति पुन ५२९ मत ल्याएर जीत हात पारेका छन ।
त्यस्तै जनजातितर्फ अर्टिष्ट मोक्तान ४१५ मत ल्याएर विजयी भएका छन् भने दलिततर्फ आशा उपरकोटीले ७४६ मत ल्याएर विजय प्राप्त गरेका छन । मधेसी सचिवमा अमर मण्डल र जनजाति सचिवमा युन्छो हाङग माबोले बाजी मारेका छन ।

प्रतिक्रिया दिनुहोस