डोल्पामा आगलागी हुँदा एक वृद्धाको डढेर मृत्यु

फिल्को मिसन

माघ १६,२०८१
डोल्पा । डोल्पाको मुड्केचुला–४ को इल गाउँस्थित एक घरमा बुधरबा बिहान आगलागी हुँदा ७५ वर्षीया बादी सार्कीको सुतेको अवस्थामा ज्यान गएको छ। वृद्धावस्था र शारीरिक अशक्तताका कारण घरभित्र चुलो नजिक सुतिरहेको अवस्थामा ओढेको कम्बल जल्दा आगलागी भई सार्कीको निधन भएको हो। मुड्केचुला–४ का वडाध्यक्ष कृतिबहादुर बुढाले उबताए ।
उनका अनुसार आगलागीबाट सार्कीको कच्ची दुईतले घर पूर्णरूपमा क्षति भएको छ। मृतक सार्कीका ज्वाइँ र छोरी खेतमा गएका वेला घरमा आगलागी भएको थियो। आगलागीपछि इलस्थित प्रहरी चौकीका सुरक्षाकर्मी, स्थानीय, जनप्रतिनिधिलगायतले गोठमा भएका पशुचौपायाको उद्धार गरेको वडाध्यक्ष बुढाले बताए। आगलागीको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थल पुगेको छ। वडाध्यक्ष बुढाले अहिले क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस