प्रेस सेन्टरको स्थापना दिवसमा एक जना पत्रकारलाई सम्मान

जय भण्डारी

माघ १५,२०८१
हुम्ला । प्रेस सेन्टर हुम्लाले आज एक कार्यक्रमकाबीच एक जना पत्रकारलाई सम्मान गरेको छ । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसर पारेर एक जना अग्रज पत्रकारलाई सम्मान गरिएको प्रेस सेन्टर हुम्लाका अध्यक्ष तिलसरा विकले जानकारी दिनुभयो ।
प्रेस सेन्टर हुम्लाले सिमकोटमा आयोजना गरेको कार्यक्रममा सिमकोट गाउँपालिका वडानं ५ निबासी हरि बहादुर रावत सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपाल केन्द्रीय सचिव अर्जुन बोहराले सम्मान –पत्र सहित टसीखातक अग्रज रावतलाई सम्मान गर्नुभयो । नेपाल पत्रका महासंघ,जिल्ला शाखा हुम्लाको संस्थापक सदस्य तथा तिन दशक देखि दुर्गम क्षेत्रमा रहि पत्रकारिताको माध्यमबाट पु¥याउनु भएको योगदानको कदर गर्दे प्रगतीशिल पत्रकाहरुको संगठन प्रेस सेन्टर हुम्लाले २१र्औ स्थापना दिवसको अबसरमा सम्मान गरेको हो ।


कार्यक्रममा अतिथी नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सचिवलय सदस्य तथा जिल्ला पार्टी हुमलाका सचिव धर्मराज बोहरा विज्ञान,कर्णाली प्रदेश सदस्य जसबहादुर भण्डारी, नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावत,प्रेस चौतारीका केन्द्री सदस्य रमेश ऐडी,प्रेस युनियनका हुम्लाका अध्यक्ष राज बहादुर शाही, राष्ट्रिय कर्मचारी संगठनका प्रतिनिधि लक्ष्मी अधिकारी, लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
प्रेस सेन्टर हुम्लाका अध्यक्ष तिलसरा विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन सचिव अबिनाश लामाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस