खाद्य कम्पनीले हुम्लाले तीन बर्षमै बेच्यो ५१ हजार क्वीन्टल चामल

फिल्को मिसन

माघ १४,२०८१
हुम्ला । सरकारी स्वामित्वमा सञ्चालित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले ५१ हजार ७ सय ८४ क्वीन्टल चामल बिक्री वितरण गरेको छ।
आ.व. २०७८÷०७९ देखि आ.व. २०८०÷०८१सम्मको तीन आ.व.मा वर्षेनी सेतो चामल बेच्दैं आएको छ । हुम्ला बाट चामलका लागि वर्षेनी करोडौं रकम खर्च हुने गरेको उक्त शाखा कार्यालयको तथ्याङ्कबाट जानकारी प्राप्त भएको छ ।
आ.व. २०७८÷०७९मा १८७९६.११ क्वीन्टल आएकोमा १६९६९.०८ क्वीन्टल चामल बिक्री भएको छ । त्यसै गरी आ.व. २०७९÷०८०मा १९,६२२.४० क्वीन्टल आएकोमा १८,०१२.४५ क्वीन्टल चामल बिक्री भएको छ । यसै गरी आ.व. २०८०÷०८१मा २७१६९.२५ क्वीन्टल चामल आएकोमा १६८०३.१७ क्वीन्टल चामल बिक्री भएको छ ।
तीन बर्षमा हुम्लामा ६५ हजार ५सय ८७ दशमलव ७६ क्वीन्टल चामल आएकोमा ५१ हजार ७सय ८४ दशमलव ७ क्वीन्टल चामल बिक्रीको जानकारी खाध्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हुम्लाका कार्यालय प्रमुख कृष्णप्रसाद अधिकारीले जनाकारी दिए ।
उनकाअनुसार यो वर्ष कम्पनीले सहुलियत पसलमा ४ थरिका चामल बिक्रीका लागि राखेको छ। जसमध्ये स्टिम जिरा मसिनो चामलको बिक्री सबैभन्दा बढी छ। कम्पनीले हुम्ला जिल्ला रहेका चारवटा बिक्री स्थानबाट खाद्यान्नको बिक्री वितरण गर्दै आएको छ।


पछिल्लो समय नेपाल खाध्य संस्थानबाट खाध्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड भएपछि चामल बाहेक तेल, चिनी तथा अन्य खाध्यवस्तुको पनि बिक्रि गदै आएको छ ।
हुम्लाका केहि गाउँपालिकाबाट स्थानीयस्तरमा उत्पादन हुने चिनु, फापर, कागुनो र सिमी जस्ता अग्रानीक रैथाने स्थानीय अन्नबाली पनि खरिद गरी काठमार्डौ शहर अन्य देशहरुमा विक्री गर्ने तयारीहरेको बताएको छ ।
गत बर्ष स्थल मार्गबाट १० हजार ३सय ८५क्वीन्टल खरिद गरि विक्री वितरण गरेको थियो । अब स्थानीय बजारसँग प्रतिस्पर्धा गर्न र स्थानीय अन्नबाली खरिद गरेर किसानसँग हातेमालो गरेर अघि बढ्ने नीति रहेको कार्यालय प्रमुख अधिकारीको भनाई रहेको छ ।


पोषणयुक्त चामल बिक्री निरन्तर
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका हुम्लाका सात गाउँपालिकामा पोषणयुक्त चामल बिक्री गर्देआइरहेको छ । आठवटा पौष्टिक तत्व मिलाएर प्याकिङ्गी गरेको चामल विक्रीवितरण भईहरेको ब्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हुम्लाका कार्यालय प्रमुख अधिकारीले बताउनु भयो । दैनिक रूपमा खाइने चामलमा सामान्य विधिबाट भिटामिन तथा खनिज तत्व मिसाएर बनाएको बताए । स्तरोन्नति गरिएको चामलमा आइरन, जिंक, भिटामिन ‘ए’, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन, पाइरिडक्सिन मिसाएर तयार गरको सेतो चामल अहिले सर्वसाधारण खपत हुने गरेको प्रमुख अधिकारीले जनाकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस