सिमकोट बजारमा ८७ कार्टुन अवैध चिनियाँ मदिरा बरामद

रुपा देवकोटा

माघ १४,२०८१
हुम्ला । आईतबार राती साढे १० बजे हुम्लाको सदरमुकाम सिमकोट बजार चिनियाँ मदिर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा गस्तीमा गएको प्रहरीले डाँडाफयाबाट सिमकोटमा आउँदै गरेको लु २ च २२६७ नम्बरको गाडीमा दाउराले छोपेर लुकाएर ल्याएको २९ बोरामा ८७ कार्टुन झन्डै १ हजार ४४ वटा बोतल चिनियाँ मदिरा (झिनिगिन्ट) बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताउनु भयो । उक्त चिनिया मधिरा ५ लाख २२ हजार बराबराको रुपैयाँको रक्सी बरामद गरिएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए ।
प्रहरी नायव उपरीक्षक पोखरेलका अनुसार सिमकोट गाउँपालिका–७ को डाडाफयाबाट सदरमुकाम सिमकोट बजारमा ल्याउदै गरेको अबस्थमा सिमकोटको माथिल्लो कालिचोक बजार साढे दस बजे नियन्त्रणमा लिएको बताउनु भयो ।
सिमकोट बजारमा पछिल्लो समय प्रहरीले राति ७ बजेपछि गाडी सञ्चालनमा रोक लगाउनुका साथै सिमकोट प्रवेशमा समेत रोक लगाउँदै आएको छ । दस बजेपछि उत्तरी भेगबाट गाडी सिमकोट बजार प्रवेश गरेपछि शंकास्पद भएपछि सोधपुछका साथै खोजतलास गर्दा गाडीमा चिनियाँ मदिरा भेटिएको गस्तीमा खटिएका प्रहरी लाई उद्ध्रित गर्दे प्रहरी नायव उपरीक्षक
हुम्लामा प्रहरीले चिनियाँ मदिरालाई अवैध मान्दै आउनुका साथै नियन्त्रणमा लिदैँ आएको छ । सिमकोटमा एक बोतल चिनियाँ मदिरा (झिनिगिन्टी) को रु पाँच सय पर्छ । भने एक कार्टुन मदिराको ३ हजार पर्ने गरेको छ । एक कार्टुनमा १२ बोतल चिनियाँ हुन्छ । चिनियाँ मदिरा कस्को हो भन्ने अनुसन्धान भइरहेको बताइएको छ । हुम्लामा विशेषगरि लिमी, चुवाखोला, टाके नाकाबाट अवैध मदिरा लुकिछिपि भित्रीने गर्दछ ।
मदिरा भेटिएपछि अन्य बजार लगायतका अन्य नाकामा समेत सुरक्षा सतर्कता बढाइएको छ,’ उनले भने, ‘ अबैध मदिरा ओसारपसार हुने भएकाले मातहतका सबै इकाईलाई परिचालन गरिएको छ  ।’ पोखरेलले बताए ।
चिनियाँ मदिरा, गाडी र सवारी चालकलाई नियन्त्रणमा लिएको बताइएको छ । अहिले कोलेनिका, उद्योग बाणिज्य संघ, प्रशासन, जनप्रतिनिधि, सञ्चारकर्मीको उपस्थितमा मुचुल्का उठाएर नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस