राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ हुम्लाको अध्यक्षमा शाही

फिल्को मिसन

माघ १२,२०८१ शनिबार
हुम्ला ।राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सघको अध्यक्षमा धिरबहादुर शाही निर्वाचित हुनुभएको छ।
नेपाली काँग्रेस निकट राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सघ जिल्ला कमिटी हुम्लाको प्रथम जिल्ला अधिबेशनले शनिबार शाहीको अध्यक्षतामा १३ सदस्य कमिटी सर्वसहमतिले निर्वाचित गरेको हो ।
कमिटिको उपाध्यक्षमा दीपेन्द्र भण्डारी, सचिवमा मीनबहादुर शाही, सह–सचिवमा धनलाल कामी र कोषाध्यक्षमा अस्मिता ऐडी चयन भएका छन् । यस्तै सदस्यमा बलबहादुर थापा, दत्त बुढा, मदन ऐडी, सत्यराज सिंह, केसीकला भण्डारी, शुक्रराज परियार, नरेन्द्र भण्डारी र अमरसिंह बुढा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस