एमाले निकट निजामती कर्मचारी संगठनको अध्यक्षमा रोकाया

माघ १२,२०८१ शनिबार
हुम्ला । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा महेन्द्र रोकायाका चयन भएका छन् । १२औं जिल्ला अधिवेशनले रोकायाकोे अध्यक्षतामा १६सदय नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा हेमराज बिष्ट, सरिता पार्की, सचिवमा धर्मराज बोहरा सचिव, सह सचिवमा मिमसिंह नेपाली, कोषाध्यक्ष मन प्रसाद शर्मा चयन गरिएको छ ।
यसैगरी सदस्यहरुमा लवि रावत,विष्णुभक्त जैसी,भक्ती फडेरा, धर्मेन्द रोकाया,संकर फडेरा,विसन रोकाया ,मानसिह कार्कि,विष्णु वुमी,धनरासि रोकाया र विष्णु रोकाया सदस्य नव निवार्चित सह–सविच धर्मराज बोहराले जानकारी दिएको छ ।