क्रान्तिकारीको निर्वाचन सचिव पदमा जिताउनुस, विद्यार्थी पक्षमा साझा आवज उठान गर्ने मेरो जिम्मा : बोहरा

फिल्को मिसन

माघ ११, २०८१ शनिबार
काठमाडौं । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय सचिव पदको लागि हुम्लाबाट कमल बोहराले उम्मेदवारी दिएका छन् । क्रान्तिकारीको केन्द्रीय समितिको २३ औँ राष्ट्रिय सम्मेलनमा सचिव पदका लागि बोहरा शक्तिशाली निष्ठावान, निष्पक्ष र अनुशासित संगठन बनाउने उम्मेदवार हुन् ।दुर्गम जिल्ला हुम्लाबाट साझा उम्मेदवारलाई विजय गराउन आग्रह गर्दै त्यसपछि सबै वर्गका विद्यार्थीका लागि साझा समस्या र शिक्षा क्षेत्रको अबस्थाको पक्षमा आवाज उठाउने जिम्मा आफुले लिने बताएका छ्न ।
फिल्कोमिशन डटकमले तपाइको उम्मेदारी किन भनि सोधिएको प्रश्नको जवाफ दिदै बोहराले निर्वाचन जिते आफू सधैको बिचमा रहने बताउदै विद्यार्थीसाथीहरुकै बारेमा डटिरहने र खै विद्यार्थी नेता दिन आउन नदिने बाचा गरेका छन् । वर्गीय निष्ठा,बैचारिक स्पष्टता र संगठनात्मक कौशलतामा अब्बल नेता बोहरा सचिव पदमा उम्मेद्वारी दर्ता गर्दै सबै प्रतिनिधीहरुलाई भोट हालेर विजयी गराउन अपिल गरेका छन् । सचिव पदका उम्मेद्वार धेरै भए पनि अन्तिमसम्म बोहरानै साझा प्रतिनिधित्व गर्ने उम्मेद्वार भएको उनले लिएका छन् । उनले असमान शिक्षाको अन्त्य गर्ने र शैक्षिक माफियाविरुद्धको निर्णायक लडाइँ लड्ने अठोटसहित उम्मेदवारी दिएको बताएका छन्

प्रतिक्रिया दिनुहोस