सिमकोटबजारमा सरसफाइमा जुटे, प्रजिअको नेतृत्वमा सुरक्षाकर्मी

माघ १०,२०८१ विहीबार
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट बजार र विमानस्थलमा सरसफाईका लागि प्रमुख जिल्ला अधिकारी नारायण पाँण्डेको नेतृत्वमा कर्मचारी र सुरक्षाकर्मी जुटेका छन्।
जिल्ला सुरक्षा समितिको बसेको बैठकले सदरमुकाम सिमकोट सरसफाई गर्ने निर्णय अनुसार विहीबार सिमकोट बजार र विमानास्थल आसापासको सरसफाई गरेको जिल्ला प्रशान कार्यालयका नायब सुब्बा लोकेन्द्र शाहीले बताउनु भयो ।
माघ महिनाको माइनेस चार डिग्री तापक्रममा चिसो मौसमा चिसोको पर्वाह नगरी कर्मचारी र सुरक्षाकर्मी सिमकोट बजार सफाइमा जुटेका छन्। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी पाण्डेको संयोजनमा भएको सफाइमा अधिकांश कार्यलयका कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी लगायत बिहानैदेखि जुटेका थिए । सिमकोट माथिल्लो बजार कालिचोक,लोकतान्त्रीक चोक,विमानस्थल चोक लगायत विमानस्थलमा आपपासका क्षेत्रमा यत्रतत्र थुपारिएका फोहर उठाई व्यवस्थित गरिएको जिल्ला प्रशासन कार्यालयका सुब्बा शाहीले जानकारी दिए ।
बजार क्षेत्रका चोक, ढल फोहोर बनाउनेलाई सिसी क्यामेराको निगरानीमा कारबाही समेत गरिएको बताउनुभयो । सिमकोटका घरधनी र बजारमा व्यवसाय गर्दै आएका पसल व्यवसायी अन्य भाडामा बस्दै आएका नागरीकले सरसफाइमा चासो नदिनु र बजार क्षेत्र फोहोरले कुरुप बन्दै गएपछि विहिबार विहान सरसफाई गरिएको हो ।
त्यसैगरी, ढलमा पनि फोहोर भरिएर पानी समेत सडकमा आउन थालेपछि मानिसलाई आवतजावतमा समस्या हुने गरेको बेला सरसफाइ गरिएको हो ।